सर्लाही कांग्रेस सभापतिमा सिंह विजयी

सर्लाही कांग्रेस सभापतिमा सिंह विजयी

मलंगवा : नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र सिंह विजयी भएका छन्। आइतबार राती पौने १२ बजे सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका सभापति उम्मेदवार सिंहको प्यानल विजयी भएको हो। 

संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उम्मेद्वार विजयी भएका छन्। सिंहले संस्थापन ईतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिएका छन्। ३ हजार २ सय ७५ मत मध्ये ३ हजार एक सय ७४  मत खसेको थियो। जसमा सिंहले १ हजार ७ सय ५८ मत ल्याएर विजयी बनेका छन्। उनका प्रतिद्वन्द्वि  रायले १ हजार ३ सय ७८ मत मात्र पाएका छन्।

त्यस्तै उप–सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु) १ हजार ७ सय ६४ र संस्थापन ईतरका नविन अधिकारी १ हजार ४ सय ९३ मतका साथ विजयी भएका छन्। सचिवमा संस्थापनका निरज कार्की १ हजार ७ सय २६ र मनोज यादव १ हजार ४ सय २६ मतका साथ विजयी बनेका छन्। सह–सचिवमा संस्थापनकै ईन्द्रबहादुर योञ्जन १ हजार ७ सय ११ र सुनिल कुमार कुशवाहा १ हजार ५ सय ७९ मत सहित विजयी भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.