चिनियाँ कम्पनीद्वारा बुटार बेलिब्रिज निर्माणको काम अलपत्र

चिनियाँ कम्पनीद्वारा बुटार बेलिब्रिज निर्माणको काम अलपत्र

गोरखा : पृथ्वीराजमार्गको चुमखोला र गोरखाको बुटार जोड्ने गरी निर्माण गर्न लागिएको बेलिब्रिजको काम एक चिनियाँ कम्पनीले डेढ महिनादेखि अलपत्र पारेको छ। हुबेइसुइजोङ कम्पनीले बेलिब्रिज निर्माणको काम दुई महिना  गरेर अलपत्र बनाएको स्थानीय सिताराम रसाइलीले जानकारी दिए।

निर्माणाधीन सुपर त्रिशुली जलविद्युत आयोजनाको सामान ढुवानी गर्न आयोजक कम्पनी व्लु इनर्जी प्रालिले सो चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो। एकसय मिटर लामो बेलिब्रिज सो कम्पनीले ११ करोड रुपैयाँ लागतमा निर्माणको जिम्मा लिएको थियो। ‘दुई महिनाजति काम गरेर सरसामान सबै उठाएर लगे’, रसाइलीले भने।

बेलिब्रिज बनेपछि जलविद्युत आयोजनाको सामान ढुवानी गर्न र गोरखाको गण्डकी र शहीदलखन गाउँपालिकाका बासिन्दालाई त्रिशुली नदी वारपार गर्न सहज हुने लक्ष्य राखिएको थियो। तर पुल निर्माणको काम अलपत्र भएपछि स्थानीयबासी निराश छन्।

‘२०७१ सालमा पक्की पुल बन्न थालेको थियो। पप्पु कन्स्ट्रक्शनले त्यो पुल अलपत्र बनायो’, नेकपा माओवादी केन्द्रका गण्डकी गाउँपालिका प्रमुख सिताराम रसाइली भन्छन्, ‘फेरि अहिले बेलिब्रिज बन्न थालेको थियो। अलिअलि भने पनि राहत हुन्छ जस्तो लागेको थियो। पप्पु त भाग्यो, भाग्यो, यो काम पनि छाडेर ठेकेदार कम्पनी गयो। यसले हामीलाई निरास बनाएको छ।’ 

ड्रिल गर्ने र सामान्य तयारीको काम गर्दागर्दै हुबेइस्वीजोङ कम्पनीले काम छाडेको ब्लुइनर्जी कम्पनीका सञ्चालक निरञ्जन रेग्मीको भनाइ छ। ‘दुई महिनामा आठवटा ड्रिलिङ गरेका थिए। भौगर्भिक अध्ययनको काम गरे। डिजाइनको काम भइरहेको थियो तर रातारात सामान बोकेर गए’, रेग्मीले भने, ‘हामीले बोलाएको बैठकमा पनि आउँदैनन्। फेब्रुअरी २८ तारिखसम्म वैँक ग्यारेण्टीको काम गर्न भनेका थियौँ, त्यो पनि गरेनन्। दुखद भयो।’ दुतावासले काम नगर्न भनेकाले काम छाडेको प्रतिक्रिया सो कम्पनीले दिएको उनले बताए।

चाइनिज कम्पनीले धोका दिएपछि एएनके र माछापुच्छ्रे कम्पनीलाई सो बेलिब्रिज बनाउन मौखिक रुपमा जिम्मा दिएको उनले बताए। हुबेइस्वीजोङ कम्पनीले भने सामान्य कारणले काम छाडेको तर पुन सुचारु गर्न आफूहरु तयार रहेको जनाएको छ। ‘पहिले मौखिक समझदारीको आधारमा काम सुरु गरेका थियौँ। लिखित सम्झौता गर्न ब्लुइनर्जीसित आयोजना निर्माण गर्ने इजाजत थिएन’, सो कम्पनीका रजत सिँहले भने, ‘दुई कम्पनीका आधिकारिक व्यक्तिहरुको बैठक भएपछि पुन काम सुचारु हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.