सालको काठसहित ४ जना प्रहरी नियन्त्रणमा
स्याङ्जा : बिरुवा गाउँपालिका वडा नं. ४ पाटनेबाट ६० थान सालको काठसहितको ट्याक्टर र ४ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध रुपमा राखिएको ४० वटा चिरान र २० वटा सालका गोलियासहित पाटनेका ४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बस्ने ४० वर्षीय खुमबहादुर सार्की, ५९ वर्षीय हस्तबहादुर सार्की, ६८ वर्षीय लक्ष्मी नेपाली र पुतलीबजार नगरपालिका १३ बस्ने २५ वर्षीय अमिरदिन मिया रहेको प्रहरी नायब उपरीक्षक राजेनद्रप्रसाद अधिकारीले जानकारी दिए।
प्रहरीले सालका काठ, पक्राउ परेका व्यक्ति र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाएको जनाएको छ। प्रहरीका अनुसार खुमबहादुर सार्किको बारीमा राखिएको चिरान काठ ८ वटा, हस्तबहादुर सार्कीको बारीबाट सालको चिरान ४ वटा र गोलिया ७ वटा, लक्ष्मी नेपालीको गोठबाट चिरान १९ वटा र गोलिया ९ वटा र ट्याक्टर चालक अमिरदिन मिया सहित ट्याकटरबाट सालको चिरान काठ ९ वटा र बेवारिसे अवास्थाका ४ गोलिया सालका काठ प्रहरीले बन कार्यालयमा बुझाएको हो।
प्रतिक्रिया दिनुहोस !