एमाले र कांग्रेसले बनाए घोषणापत्र कार्यदल

एमाले र कांग्रेसले बनाए घोषणापत्र कार्यदल

काठमाडौं : एमाले र कांग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र बनाउन कार्यदल बनाएका छन्। एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको छ भने कांग्रेसले महामन्त्री गगन थापालाई घोषणापत्र तयारी समितिको संयोजक बनाएको छ। 

बिहीबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले नै पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली सदस्य छन्। कांग्रेसको घोषणापत्र तयारीको संयोजकमा थापालाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

एमालेले वैशाख ९ गते केन्द्र र हरेक स्थानीय तहमा घोषणापत्र तथा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिसकेको छ। घोषणापत्रको तयारीका लागि अध्यक्ष ओलीले चैत १६ गते सबै पालिकाका कमिटीका प्रतिनिधिहरूसँग केन्द्रीय कार्यालयबाट भर्चुअल संवाद गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिए। एमालेले चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पनि मातहतका कमिटीलाई निर्देशन दिएको छ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले आगामी वैशाख ३० मा हुने स्थानीय चुनावका लागि उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको छ। केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै केन्द्रीय प्रचार विभागका उपप्रमुख रिजालले चैत मसान्तभित्र उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको जानकारी दिए। उनका अनुसार एक महिलासहित तीन जना सम्भावित उम्मेदवार सिफारिस गर्नुपर्नेछ। 

एमालेले उम्मेदवार चयन मापदण्डसमेत बनाएको छ। पार्टीमा काम गरेको र लोकप्रियलाई उम्मेदवार बनाउने तयारी एमालेको छ। उम्मेदवार तय गर्दा सन्तुलन र समावेशीतालाई ध्यान दिइने उनले बताए। उपमहानगर र महानगरका उम्मेदवार भने केन्द्रबाट नै टुंग्याउने भएको छ। गाउँ/नगरका उम्मेदवार भने प्रदेश कमिटीबाट टुंग्याउने तयारी एमालेको छ। वडाको उम्मेदवार भने तल्लो कमिटीको सिफारिसका आधारमा जिल्लाबाट टुंगिनेछ। केही विभागहरू गठन गरेको र बाँकी विभाग गठन सचिवालयले गर्न सक्ने गरी अधिकार दिएको छ।

प्रदेश र जिल्लाबाट विभाग संख्या वृद्धि गर्न माग आएकाले २९ विभागसम्म गठन गर्न सक्ने अधिकार दिइएको छ। एमाले केन्द्रमा ३२ विभाग छ। अध्यक्ष ओलीले पार्टी कार्यक्रम आयोजना हुँदा नेताहरूले मञ्च भरिने गरेकाले त्यस्तो प्रवृत्ति त्याग्न निर्देशन  दिए। अधिकतम ५ जनासम्म वक्ता राख्न र उनीहरूलाई मात्रै मञ्चमा राख्न ओलीको निर्देशन छ। ‘एउटा जिल्लामा लगभग ५० जना प्रदेश कमिटी सदस्य हुन्छन्। मञ्चमा किन आशनग्रहण ? यो कुरा छोडौं’, भने। उनले आगामी निर्वाचनमा सकेसम्म मालाको कम प्रयोग गर्न  सुझाएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.