वीरगंजबाट जनकपुर जाँदै गरेको बस सर्लाहीमा पुलबाट खस्यो, ४ जनाको मृत्यु

वीरगंजबाट जनकपुर जाँदै गरेको बस सर्लाहीमा पुलबाट खस्यो, ४ जनाको मृत्यु

मलंगवा :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जना यात्रुको मृत्यु भएको छ । दुई दर्जन बढी घाइते भएको हुनसक्ने जनाइएको छ । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुबाहक बस पुलबाट तल खोलामा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरुको अहिले पहिचान खुल्न सकेको छैन् । मृतक चारैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा ल्याइएको छ । घाइतेहरुको संख्या पनि अहिले यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको लालबन्दीको विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । गम्भीर भएकाहरुलाई रिफर गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको बताइए पनि यर्थात् जानकारी आउन सकेको छैन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.