सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा

सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा

मलंगवा : मलंगवा: सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार छापा मारेको छ। 

कोरोना संक्रमितलाई राहत बाँडनका लागि आएको पैसा हिनामिना भएको उजुरी परेपछि अख्तियारको टोलीले गाउँपालिकामा छापा मारेको हो। ७ सय ४२ कोरोना संक्रमित विपन्न परिवारलाई राहत बाँड्नका संघीय सरकारबाट ७४ लाख २० हजार रकम आएको थियो। त्यसबाट १२ लाख रुपैँया गाउँपालिकाले अन्य शीर्षकमा खर्च गरेको उजुरी अख्तियारमा परेको थियो। 

कोरोना संक्रमित परिवारलाई बाँड्नका लागि आएको राहतको रकम पालिकाले अन्यत्र खर्च गरेको उजुरी परेपछि छानबिन गर्नका लागि हामी गाउँपालिकामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी विजय कुमार शर्माले बताएका छन्। के कति रकम अन्यत्र खर्च भएको त्यो हामी छानबिन गरेपछि थाहा हुने उनले बताए। कागजातहरु नियन्त्रणमा लिइएको शर्माले बताए। 

७ सय ४२ जना कोरोना संक्रमित विपन्न परिवारलाई बाँड्नका लागि संघीय सरकारबाट पालिकामा ७४ लाख २० हजार रकम आएको लेखा अधिकृत हरिनारायण साहले बताएका छन्। त्यसबाट १२ लाख रकम स्वास्थ्यकर्मीहरुको तलबमा गएको साहले बताए। 'चाडपर्वको समयमा स्वास्थ्यकर्मीलाई तलब दिनुपर्ने थियो। तर केही रकम अपुग भएपछि भएपछि सोधभर्ना हुने गरी पालिकाले त्यो रकमबाट पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई तलबबापत दिएको हो,' उनले भने। 

स्वास्थ्यकर्मीलाई तलबमा दिएको रकम आउने वित्तिकै संक्रमितहरुलाई बाँड्नका लागि आएको रकममा जम्मा गर्ने साहले बताए। बाँकी पैसा अहिले खातामा जस्ताको त्यसतै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.