डडेल्धुरामा सत्तावादी दलबीच चुनावी तालमेलका बारेमा छलफल

डडेल्धुरामा सत्तावादी दलबीच चुनावी तालमेलका बारेमा छलफल

डडेल्धुरा : डडेल्धुरामा सत्तावादी दलकोबीचमा स्थानीय निर्वाचनका विषयलाई लिएर छलफल भएको छ। नेपाली कांग्रेस डडेल्धुराको सम्पर्क कार्यालयमा बसेको बैठकले आगामी निर्वाचनमा गठबन्धन गरेरै चुनावमा सहभागि हुनका लागि प्रारम्भिक छलफल भएको जनाएको छ।

आईतबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापती एवं कार्यवहाक सभापती डिल्लीराज जोशीको अध्यक्षतामा बसेको जिल्लास्तरिय गठबन्धनको बैठकले निर्वाचनमा गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागतसमेत गरेको जनाएको छ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको स्वागत गरी डडेल्धुराका स्थानीयतह र वडामासमेत गठबन्धनका लागि पहल गर्ने र छलफलका माध्यमबाट निकास निकाल्ने निर्णय गरिएको कांग्रेस सहसचिव गोविन्दराज बोहराले पत्रकार भेटघाटमार्फत जानकारी गराए। गठबन्धनका दलहरुको बैठकले निर्णयमार्फत केन्द्रको निर्णयको स्वागतसमेत गरेको हो।

निर्वाचनका सवालमा निरन्तर छलफल जारी राख्ने र निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि बिचार अभिव्यक्तिसमेत कसैले अभिव्यत्त नगर्ने निर्णय गरिएको जनाएको छ।

काँग्रेस पूर्व सभापती रघुबर भट्ट, वर्तमान उपसभापती लक्ष्मी अवस्थी नेकपा समाजवादी अध्यक्ष तुलाराम बोहरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष उमेशप्रशाद भट्ट, जनता समाजवादी अध्यक्ष लक्ष्मीकान्त पनेरु, राष्ट्रिय जनमोर्चा सहसचिव टंकप्रसाद अवस्थीलगायत समाजवादीका नेता डा तारा जोशी, माओवादी नेता मानबहादुर माललगायतका नेताहरुको उपस्थितीमा बसेको बैठकले यस्तो निर्णय गरेको काँग्रेसले जनाएको छ।

गठबन्धनको निर्णयलाई नमान्नेहरुले पार्टी छोडे पनि हुने र हिम्मत भए स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर देखाउनु पर्ने सत्तासाझेदरका नेताले वताए। स्थानीय तहको निर्वाचनमा केन्द्र देखि वडासम्म गठबन्धन गर्ने सहमती सत्तागठबन्धनको भएकाले आपसी समन्वय र साझेदारीमा गठबन्धनलाई कार्यान्वयन पक्षतिर लैजाने सहमती भएको सत्तारुढ दलले जनाए।

डडेल्धुरामा स्थानीयस्तरका नेता भने गडबन्धन हुनु हुदैन भन्नेमा लागि परेका छन्। स्थानीयस्तरमा आआफ्नो दलको वर्चस्व बढी रहेको कुरा औल्याउदैँ गठबन्धन हुनु हुदैन भन्ने नेता तथा कार्यकर्ताले पार्टीलाई सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.