जनयुद्धको उपलब्धिले गाँउ गाँउमा सिंहदरवार स्थापना भयो : प्रचण्ड

जनयुद्धको उपलब्धिले गाँउ गाँउमा सिंहदरवार स्थापना भयो : प्रचण्ड

महोत्तरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाँउ गाँउमा सिंहदरवार स्थापना हुनु नै १० वर्षे जनयुद्धको मूल उपलब्धि रहेको बताएका छन्। आइतबार महोत्तरीको गौशाला नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अधिकारले भरिपूर्ण जनमुखी सुशासन स्थापना गर्नु नै जनयुद्धको मूल मर्मअनुरुप अहिले गाँउ गाँउमा सिंहदवार स्थापना भएको बताए।

अहिले स्थानीय तहका सरकारले आफ्नै मेहनतले बनाएको भवनले संघीयतालाई सफलतातर्फ उन्मुख गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘यस्ता संरचना निर्माणका लागि न त प्रदेश सरकारले सहयोग गरेका छन्, न त संघीय सरकारले नै। स्थानीयस्तरमा उठेको राजश्वबाट यस्ता संरचना देशमा अनेकौ निर्माण भएका छन्। जुन संघीयताले सफलता हासिल गरेको सावित गरेका छन्।’

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन चुनावसम्म कायम रहने बताए। अबको चुनाव योद्धाको सपना सकार पार्ने अभियानको रुपमा रहेकोले माओवादी पार्टीले यसलाई समान्य चुनावको रुपमा नलिने प्रचण्डले तर्क राखेका छन्। देशमा स्थानीय तहको सरकारलाई पूर्ण अधिकार दिएमात्र जनताको काम चुस्त र दुरुस्तरुपमा अगाडि बढने तर्क उनको थियो।

संविधानमा उल्लेख भएका विषयवस्तु कार्यान्वय गराउनका लागि जनमैत्री तवरले विकास निर्माणको कामकाज गर्नुपर्नेतर्फ वर्तमान सरकार लागि परेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले बताइन्। नेपाल सरकारले हरेक जनतालाई घरजग्गाको व्यवस्थापन गरी मालिक बनाउने अभियान पहिलो प्राथामिकतामा परेको बताउँदै मन्त्री श्रेष्ठले भनिन्, ‘आफूले जग्गाविहीनको ठाँउमा मन्त्रालयको कर्मचारीलाई पठाउँदै आएको छु। वितरण भएको पूर्जा अब कसैले पनि खारेज गर्न सक्दैन। हरेक तवरले प्रक्रिया पुर्‍याएर लालपूर्जा वितरण भइरहेको छ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.