निर्माणाधीन पुलबाट खस्दा ८ जना कामदार घाइते
स्याङ्जा : चापाकोट-८ प्याक्लुकस्थित निर्माणाधीन दामाचौर-रामपुर जोडने पक्की पुलको विमसहित कामदार खस्दा ८ जना घाइते भएका छन्।
बिम जोडिरहेका बेला अचानक उक्त घटना भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुप कुमार राव र गोरखाका २३ वर्षीय सिर्जन परियार छन्।
उनीहरुको पाल्पास्थित मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरुका हात, खुट्टा र छातीमा चोट लागेको छ।
प्रतिक्रिया दिनुहोस !