राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै
तानसेन : पाल्पाको रानीमहल दरबार क्षेत्रमा चैत्र २४ गतेदेखि २६ गतेसम्म राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने भएको छ। सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना र राष्ट्रिय भलिबल संघको सहकार्यमा कालीगण्डकीको किनार रानीमहलको बगरमा प्रथम सञ्जय स्मृति प्रतियोगिता हुन लागेको हो।
मंगलबार तानसेनमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी गराइएको छ। प्रतियोगितामा सातै प्रदेश, नेपाल पुलिस, शसस्त्र प्रहरीका महिला खेलाडीको सहभागितामा हुने खेलको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले बताईन्।
बिच महिला भलिबल प्रयोगितामा प्रथम पुरस्कार नगद १ लाख, दोस्रो पुरस्कार नगद ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीका लागि नगद २० हजार रुपैयाँ राखिएको छ।
प्रतिक्रिया दिनुहोस !