गोरखा सदरमुकाममा महिलाको शव भेटियो, हत्याको आशंका
गोरखा : गोरखा सरदमुकाममा एकजना महिलाको शव भेटिएको छ । गोरखा नगरपालिका ६ भीआईपी टोलकी ३५ वर्षीय फुलमाया सिर्मलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । नरेश श्रेष्ठको रित्तो घर अगाडिको बारीमा बुधबार बिहान उनको शव भेटिएको एसपी केदार खनालले बताए ।
स्थायी घर लक्ष्मीबजार भएको र माइती आएको बेलामा सो घटना भएको खनालले बताए । राती दुई तीन बजेतिर उक्त घटना भएको प्रहरीले अनुमान गरेको छ । महिलाको शरीरमा कुनै घाउ, चोटपटक नदेखिएको तर घरवरिपरि रगत छरपष्ट रहेको समेत उनले जानकारी दिए ।
स्थानीयहरुले भने हत्या गरेर फालेको आशंका गरेका छन् । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !