पाल्पाका १० वटै पालिकामा तालमेल गरेर चुनाव लड्ने गठबन्धन दलको निर्णय
तानसेन : पाँच दलिय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पाल्पाका सबै स्थानीय तहमा सहकार्य गर्ने निर्यण गरेका छन्। पाँच दलिय गठबन्धनको आज तानसेनमा बसेको संयुक्त बैठकले निर्वाचन तयारीको लागि विभिन्न निर्णय पनि गरेको छ।
संयुक्त बैठकले स्थानीयतह चुनावी गठबन्धनको लागि नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापती हिमालदत्त श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय संयुक्त संयन्त्र गठन गरेको छ। संयुक्त संयन्त्र समितिको सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे(कमल), राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादी पार्टीका पाल्पा अध्यक्ष मेयरमान राना रहेका छन्। बैठकले चुनावी तालमेललाई सफल बनाउन आवश्यक परामर्श छलफल तथा संवादको लागि पाँच दलबाट तीनतीन जना सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्यण गरेको छ।
चैत्र २५ गतेसम्म गठबन्धन दलहरुले आआफ्नो किसिमले तयारीमा जुटुने, आगामी बैठकमा प्रत्येक वडावडाको गठबन्धनको अबस्थाबारे जानकारी गराउने, जिल्लाको राजनीतिक अवस्था अनुसार, पालिकामा गठबन्धन दलको जनमतको आधारमा उम्मेदवारीको टुङ्गो लगाईने नवगठित संयुक्त संयन्त्रका संयोजक हिमालदत्त श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !