पाँच दिनदेखि बेपत्ता बालकको शव सेफ्टी ट्यांकीमा भेटियो, एकै परिवारका सातजना पक्राउ

पाँच दिनदेखि बेपत्ता बालकको शव सेफ्टी ट्यांकीमा भेटियो, एकै परिवारका सातजना पक्राउ

मलंगवा : सर्लाहीको मलंगवा नगरपालिका वडा नं. १२ गम्हरियामा एक ८ वर्षीय बालकको हत्या भएको छ । पाँच दिनदेखि हराई रहेका दिपेन्द्र ठाकुरका छोरा आकाश कुमार ठाकुरको शव भेटिएको हो। आकाशको शव छिमेकी जगदिश ठाकुर बडहीको चर्पीको सेफ्टी ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

आकाश गत चैत्र २० गते रातीबाट हराएका थिए। गाउँमै न्वारनको भोज खानका गएका आकाश हराएपछि परिवारजनले प्रहरीलाई सोही दिन राती ११ बजे खबर गरेका थिए । बालक हराएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेका थिए । अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर छानबिन गर्दै जाँदा आकाशलाई मारेर घरकै सेफ्टी ट्यांंकीमा फालेको पता लागेको हो । बिहीबार बिहान घटनास्थल पुगेको प्रहरीले आकाशको शव प्लाष्टिकको बोरामा बेरेर ट्यांकीमा फालेको अवस्थामा फेला परेको थियो । 

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एउटै परिवारका ७ जनालाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। 'हत्या के कति कारणले भएको हो त्यो अहिले खुलेको छैन, 'नायब उपरीक्षक बुढाथोकीले भने, 'शंकास्पद व्यक्तिहरुलाई ल्याएर छानबिन गर्दैछौं ।'

बैदेशिक रोजगारीको क्रममा साउदी अरबमा रहेका मृतकका बुवा दिपेन्द्र छोरा हराउने वित्तिकै घर आएका थिए । आकाशको हत्यापछि गाउँ पुरै शोकमा डुबेको छ । आमा भने अचेत अवस्थामा छन्। त्यसैगरी बुधबार साँझ मलंगवा ९ मा एक भारतीय नागरिकको गोली प्रहारबाट हत्या भएको छ ।

भारतको बिहार राज्य सीतामढी जिल्ला थाना सोनबर्सा ग्राम पंचायत बिसनपुरको अन्दाजी ३५ वर्षीय इन्दल महतोको हत्या भएको हो । बि आर ३० ए ए ८५४५ नम्बरको मोटरसाइकलमा बजारतिर घुम्दै गरेको अवस्थामा महतोलाई अपरिचित समूहले गोली हानेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.