गोरखामा फरक शक्तिको गठबन्धन
गोरखा : देशभर कांग्रेस र एमाले पहिलो र दोस्रो शक्तिका रूपमा चुनावी प्रतिस्पर्धा गर्दैछन्। त्यसैले कांग्रेसले माओवादी, जसपा, नेकपा एकीकृत समाजवादीलगायतका पाँच पार्टी साथ लिएर एमालेसित चुनावी टक्कर गर्ने गृहकार्य गरिरहेको छ। तर, गोरखामा चुनावी माहोलमा फरक दृश्य छ।
विगत ३० वर्षदेखि कांग्रेस र माओवादी पहिलो र दोस्रो शक्तिको रूपमा चुनावी मैदानमा भिड्दै आएका छन्। एमाले र जसपा तेस्रो, चौथो शक्तिका रूपमा स्थापित छन्। त्यसपछिको शक्तिको रूपमा नेकपा एस छ।
२०७९ वैशाख ३० मा हुने चुनावी प्रयोजनका लागि सत्ता गठबन्धनमा रहेका पार्टीहरूले चुनावी तालमेल गर्ने निर्णय गरेपछि दृश्य अझै रोचक देखिएको छ। यहाँ पहिलो, दोस्रो, चौथो, पाँचांै शक्तिका रूपमा स्थापित दलहरू मिलेर तेस्रो शक्तिसित प्रतिस्पर्धा गर्दैछन्। २०७४ को स्थानीय चुनावमा ११ मध्य नौ पालिका जितेको कांग्रेस र दुई पालिका जित्ने माओवादी चुनावी तालमेल गर्दैछन्। त्यसमा जनता समाजवादी
पाँच वर्षअघिको चुनावमा २७,५०७ मतदाता रहेको गोरखा नगरपालिका जित्ने कांग्रेसका राजनराज पन्तले ६,५६० मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका कृष्ण रानाले ५,०२६ मत ल्याएका थिए। एमालेका उम्मेदवार विश्वेश्वर कट्टेलले ४,२८३ र जसपाका ज्ञानेन्द्र कुमालले २,०८३ मत ल्याएका थिए। पहिलो र दोस्रो शक्तिका रूपमा कांग्रेस र माओवादी थियो। २५,७३० मतदाता रहेको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर जित्ने दीपकबाबु कँडेलले ४,६९८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकै विवश चिन्तनले ४,४१९, जसपाका अशोक देवकोटाले ३,९७६ र एमालेका जुद्धविलास भण्डारीले २,४१० मत ल्याएका थिए।
७,८७५ मतदाता रहेको धार्चे गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष जित्ने सन्तोष गुरुङले १,७०७ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन जसपाका लक्ष्मण गुरुङले १,६३८, माओवादीका सूर्यबहादुर गुरुङले १,१२८ मत ल्याएका थिए। एमालेले प्रमुख पदमा उम्मेदवारी फिर्ता लिई जसपालाई सघाएको थियो। त्यस्तै ९,९३८ मत रहेको अजिरकोटमा कांग्रेसबाट अध्यक्ष बनेका फणीन्द्र धितालले ३,०३३ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दीपक देवकोटाले २,७०२, एमालेका गुणबहादुर भुजेलले ३४७ र जसपाका गणेश तामाङले १२१ मत ल्याएका थिए।
पहिलो, दोस्रो, चौथोलगायतका शक्ति मिलेर तेस्रो शक्तिसित चुनावी प्रतिस्पर्धा गर्दा निषेध गरेजस्तो हुने नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा बताउँछन्। ‘पहिलो र तेस्रो मिलेर दोस्रोसित भिड्ने वा दोस्रो र तेस्रो शक्ति मिलेर पहिलोसित टक्कर गर्नुपर्ने हो’, उनले भने, ‘तर यहाँ पहिलो, दोस्रो, चौथो, पाँचौ शक्ति मिलेर तेस्रोसित प्रतिस्पर्धा गर्दैछन्। तत्कालका लागि नतिजा आफू अनुकूल जस्तो देखिए पनि प्रकारान्तरमा यो प्रतिकूल बन्न सक्छ।’
प्रतिक्रिया दिनुहोस !