अपहृत बालकको शव छिमेकीको शौचालयमा

अपहृत बालकको शव छिमेकीको शौचालयमा

मलंगवा : मिठु भनेर चिनिने ८ वर्षीय आकाशकुमार ठाकुरको अपहरणपछि हत्या भएको छ। उनको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुर बडहीको शौचालयको सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा भेटिएको हो।

सर्लाहीको मलंगवा नगरपालिका–१२ गम्हरियाका आकाश चैत २० गते राति ८ बजेदेखि हराइरहेका थिए। खाना खाएर दैलोमा खेल्दै गरेको अवस्थामा अपहरणकारीले अपहरण गरेको बुवा दीपेन्द्रले बताए। परिवारका सदस्यले बालक हराएको खबर राति ११ बजे प्रहरीमा गरेका थिए। उक्त खबर पाएपछि दीपेन्द्र पनि बहराइनबाट घर फर्किएका थिए। छोरालाई जसरी पनि बचाउने उदेश्यले परदेशबाट आए पनि बचाउन नसकेको 
दीपेन्द्रले बताए।

‘म छोरालाई जसरी पनि बचाउनुपर्छ भनी आएँ। यहाँ आएदेखि नै छोरालाई चारैतिर खोज्ने गर्‍यौं’, उनले भने, ‘तर, बिहीबार छोराको शव छिमेकी जगदिश ठाकुर बडहीको चर्पीको सेफ्टी ट्यांकीमा भेटियो।’

अपहरणकारीले राकेश शर्मा नामको आईडीबाट साउदी अरबमा रहेका सालो मुकेश ठाकुरसंग १५ लाख फिरौती मागेको उनले सुनाए। ‘करिब सात वर्षदेखि आफू परदेशमै बस्ने भएकाले कसैसँग कुनै प्रकारको दुश्मनी थिएन। तर, किन मेरो छोरालाई मार्‍यो थाहा भएन ?’, उनले भने, ‘छोरा अहिलेसम्म जिउँदै होला भन्ने ठूलो आश थियो। छोराछोरीकै भविष्यका लागि ७ वर्षदेखि परदेशमा थिएँ।’

दीपेन्द्र र महासुन्दर दम्पतीका दुई छोरी र दुई छोरा हुन्। दुई छोरीपछि जेठो छोरा थिए आकाश। स्थानीय निजी विद्यालयमा १ कक्षामा पढथे। छोराको हत्यापछि ३० बर्षिया महासुन्दर बिहीबार बिहानदेखि अचेत छिन्। कुनै बेला होस आउँदा ‘छोरा आकाश’ भनेर बरबराउँछिन्। छिमेकी र आफन्तले जति सम्हाल्न खोजे पनि उनी छोरालाई खोज्दै अचेत हुने गरेको छ। बेहोसीको हालतमा रहेकी महासुन्दरको आँसु थाम्न सकेको छैन। उनीसँगै गाउँ पनि शोकमग्न भएको छ। 

प्रहरीले बालकको अपहरणलगत्तै अनुसन्धान थालेको थियो। अपहरणको आशंकामा केही छिमेकीलाई ल्याएर अनुसन्धान गर्दा हत्या गरी शव सेफ्टी ट्यांकीमा फालेको पत्ता लागेको होे। आकाश र जगदिशको घर एउटा घरले छेकेको छ। घटनाबारे जानकारी पाएलगतै प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्। 

उनका अनुसार अनुसन्धानमा फेला परेको तथ्यअनुरुप नै आकाशको मृत शरीर बोरामा बेरेर सेफ्टी ट्यांकीमा फालिएको भेटिएको हो। ‘घटनामा संलग्न रहेको आशंकामा जगदिशका परिवारका व्यक्ति र केही अन्य गरी ७ जनालाई हिरासतमा लिएर अनुसंधान भइरहेको छ। हत्या के कति कारणले भएको हो त्यो अहिले सम्म खुल्न सकेको छैन्’, बुढाथोकीले भने। 

वैदेशिक रोजगारीबाट आर्थिक प्रगति गरेका दीपेन्द्रको परिवार सामान्य र सरल रहेको स्थानीयबासीले जनाएका छन्। घरका परिवारले आर्थिक प्रगति राम्रै गरिरहेका थिए। पैसाको लोभ वा अन्य कुनै इश्र्याले बालकको हत्या भएको हुन सक्ने स्थानियबासीको ठम्याइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.