स्याङ्जा कांग्रेसको एक महिने चुनावी अभियान सम्पन्न

स्याङ्जा कांग्रेसको एक महिने चुनावी अभियान सम्पन्न

स्याङ्जा : स्थानीय तहको निर्वाचनलाई लक्षितगरी संचालित नेपाली कांग्रेसको एक महिने अभियान पूरा गरेको छ। पुतलीबजारबाट सुरु भएको सो अभियान आँधीखोला गाउँपालिकामा पुगेर सम्पन्न भएको हो। ‘घर घर जाउँ, कांग्रेस जिताऔं’ भन्ने पहिलो चरणको अभियान मुलुककै पहिलो पर्यटकीय गाउँ शिरुवारीमा पुगेर समापन भएको छ। शिरुवारीमा आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदातालाई निर्वाचनका बेला अनावश्यक झुठा सपना नदेखाउन सुझाव दिए। भूगोल र मुलुकको क्षमता हेरेर विकासे योजना प्रस्ताव गर्न उनले जोड दिए। स्थानीयतहको निर्वाचनमा सम्भाव्यता बुझेरमात्र आर्थिक एजेण्डा प्रस्तुत् गर्न उनको सुझाव छ। 

एक महिने अभियानका प्रमुखवक्तासमेत रहेका पौडेलले स्याङ्जा कांग्रेसको उर्वरभूमि रहेकाले जिल्लाको साख: फर्काउने समय आएको बताए। हिजो वीपीले उठाएका सिद्धान्तलाई आज कम्युनिष्टले पनि पछ्याउने अवस्था आउनु हाम्रो जीत भएको उनले दावी गरे। 

काँग्रेस केन्द्रीय कार्य समितिद्धारा खटाइएका पौडेलले जिल्ला, क्षेत्र, नगर, पालिका स्तरीय प्रशिक्षण गराए। जिल्लाका ११ पालिकाका ९७ वटा वडामा पहिलो चरणको कार्यक्रम अन्र्तगत घर—घर जाऔं, काँग्रेस जिताऔं अभियान सम्पन्न गरेको जनाएको छ। प्रत्येक वडामा ५ जनालाई खटाइएको थियो। 

नेपाली कांग्रेसको विद्यान अनुसार पदीय जिम्मेवारी टुङग्याइने जिल्ला सभापति राजु थापाले बताए। दोस्रो चरणको कार्यक्रम संचालनको तयारीमा जुटेको सभापति थापाले जानकारी गराए। सभापति थापाले स्थानीय चुनावका लागि सरकार संचालनमा रहेका दलहरुसंग गठबन्धन गर्दै अघि बढ्नेमा छलफल भैरहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.