स्याङ्जा जीप दुर्घटना : घाइते ५ जनालाई रेफर गरियो
स्याङ्जा : जीप दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई थप उपचारका लागि बाहिर रेफर गरिएको छ। दुर्घटनामा ११ जना घाइते भएका थिए। बाँकी घाइतेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको स्याङजा प्रहरीले जनाएको छ
वालिङ नगरपालिका १२ डाँडाखर्कबाट वालिङतर्फ जाँदै गरेको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो। ग १ ज ६३९९ नम्बरको जीप सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
जीपमा ११ जना सवार रहेको खुलेको छ।
प्रतिक्रिया दिनुहोस !