वालिङ जीप दुर्घटना : नाबालकसहित ५ जनाको मृत्यु

वालिङ जीप दुर्घटना : नाबालकसहित ५ जनाको मृत्यु

स्याङ्जा : स्याङ्जाको वालिङमा भएको बोलेरो जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको  छ। घाइते ६ जनालाई पोखरा पठाइएको प्रहरीले जनाएको छ।  वालिङ नगरपालिका १२ बाट वालिङबजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार बिहान दुर्घटना भएको थियो। 

घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि पोखरा पठाइएको हो।  दुर्घटनामापरी मृत्यु हुनेमा डाँडाखर्कका ६५ वर्षीय वीरबहादुर दाला, ४५  वर्षीय हिरा डाला, २५ वर्षीया शमिला सारु, सारुका ७ महिने छोरा र ६१ वर्षीय  कुलकुमारी कनौजे रहेको प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए।

यसैगरी, सोही स्थानका ६० वर्षीय वीरबहादुर दाला, ५५वर्षीया मायाकुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र जीप चालक ६० वर्षीय दलबहादुर थापाको थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा पठाइएको  छ। 

आइतबार बिहान १० बजेतिर भएको सो दुर्घटनामा परी घटनास्थलमै ४ जनाको मृत्यु भएको र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो। जीपमा सवार यात्रु संख्या नखुलेको र दुर्घटनाका बारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख एवं प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी दिए। 

जीप कच्ची सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.