नमुना काम गरेर देखाउछु : नवनियुक्त मन्त्री बोहरा
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त समाजिक विकास मन्त्री गोविन्दराज बोहराले शिक्षा र स्वास्थ्यका क्षेत्रमा नौं वटै जिल्लामा नमुना कार्य गरेर देखाउने बताएका छन्।
प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि भएपछि समाजिक विकास मन्त्रालयको जिम्मा पाएका मन्त्री बोहरा पहिलो पटक गृह जिल्ला डडेल्धुरा पुगेका छन्। गृह जिल्ला पुगेका मन्त्री बोहराको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री बोहराले शिक्षा र स्वास्थ्यका क्षेत्रमा नौं वटै जिल्लामा नमुना कार्य गरेर देखाउने बताएका छन्।
उनले कम्युनिष्ट सरकारले गर्न नसकेका काम पनि आफूले योजनाबद्धरुपमा सबै जिल्लालाई समानता र समावेसितालाई ख्याल गरी विकासको नमुना प्रस्तुत गर्ने बताए।
स्वास्थ्यका क्षेत्रमा आफ्नो कार्यकाल अवधीमा लक्षित समुदायका मानिसको नि:शुल्क स्वास्थ्य विमा गर्ने मन्त्री बोहराले बताए। सुदूरपश्चिमका कुनै पनि व्यक्तिले औषधी नपाई वा आर्थिक अवस्थाका कारण उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता हटाउन सरकारी तवरबाट नै स्वास्थ्य बिमा गराईने मन्त्रीले बताए।
सोमबारसम्मका लागि गृहजिल्ला भ्रमणमा आएका मन्त्री बोहराले कांग्रेस हरेक क्षेत्रमा बलियो रहेको बताउँदै तल्लो कमिटीले निर्णय गर्नुपर्ने कुरामा जोड दिएका छन्। डडेल्ल्धुराका सात वटै स्थानीय तहमा पार्टीको सूचाकं बलियो देखिएको र सो कारण त्यही अनुसार एकमत भएर लागे सबै स्थानमा आफ्नो पार्टीले जित्ने बताए।
प्रतिक्रिया दिनुहोस !