माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले दिए राजीनामा
काठमाडौं : नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज एवं केन्द्रीय सदस्य जीवन गौतमले पार्टी परित्याग गरेका छन् । घोराहीमा पत्रकार सम्मेलन गर्दै गौतमले पार्टीबाट विद्रोह गरेको बताएका हुन् । उनी यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलका सल्लाहकारका रुपमा लामो समय काम गरेका थिए ।
उनी माओवादी केन्द्रको तर्फबाट घोराही उपमहानगरपालिका मेयरमा प्रमुख दावेदार थिए। गौतम यसअघिको निर्वाचनमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीसँग पराजित भएका थिए । पार्टीभित्र चरम गुटबन्दी र गैर कम्युनिस्ट चरित्र देखिएको भन्दै राजीनामा दिएएको उनले बताए ।
'पार्टीभित्र धेरै गुटबन्दी भयो । अत्यन्त षड्यन्त्रकारी कार्यशैली भए । चुनावको नजिक झन गुटबन्दी देखापर्यो । स्वाभीमान र इज्जत बचाउन लागेँ,' उनले भने,' स्वाभीमान र आदर्श जोगाउन माओवादी केन्द्र छोड्ने निष्कर्षमा पुगे । ’ उनले आफू राजनीतिक कार्यकर्ता भएको भन्दै सामाजिक कार्यबाट विमुख नहुने बताए।
प्रतिक्रिया दिनुहोस !