निर्वाचन आचारसंहिता पालना गर्ने स्याङ्जा ११ राजनीतिक दलको सामूहिक प्रतिवद्धता

निर्वाचन आचारसंहिता पालना गर्ने स्याङ्जा ११ राजनीतिक दलको सामूहिक प्रतिवद्धता

स्याङ्जा : स्याङ्जाका राजनीतिक दलहरुले आसन्न स्थानीयतह निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन्। स्याङजा सदरमुकाममा सोमबार आयोजित स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचार संहिता २०७८ सम्बन्धी प्रशिक्षण कार्यक्रममा जिल्लास्थित क्रियाशिल ११ वटा राजनीतिक दलहरुले सामूहिक प्रतिवद्धता जनाएका हुन्।
 
नेकपा एमालेका सहसचिव राजेन्द्र ड्म्रे, नेपाली कांग्रेसका प्रवक्ता भरत लम्साल, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नारायण लम्साल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामचन्द्र भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रप्रसाद गुरुङ, जनमुक्ति पाटीका अध्यक्ष बमबहादुर लामिछाने, मौलिक जरोकिलो पाटीका केन्द्रीय सदस्य कमल काफले, वीपी कांग्रेसका सचिव देवकला भट्टराई, मंगोल नेशनल अर्गानाइजेशनका अध्यक्ष नेमबहादुर गुरुङ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले निर्वाचनलाई स्वतन्त्र, भयरहित, निस्पक्षरुपमा सम्पन्न गर्नका लागि आचारसंहिता पालनाको प्रतिवद्धतासहित धारणासहितका सुझाव दिएका छन्।

 
यसैगरी निर्वाचनका बेला उत्पन्न हुने विवाद निरुपणका लागि जिल्लास्तरीय र पालिकास्तरीय संयन्त्र गठन गर्ने निर्णय भएको छ। निर्वाचनका बेला जुनसुकै परिस्थितीको समाधानका लागि जिल्लामा प्रमुख निर्वाचन अधिकृत संयोजक रहनेगरी प्रमुख जिल्ला अधिकारी, जिल्लाका क्रियाशिल राजनीतिक दलहरुका प्रमुखहरु, निर्वाचन अधिकृतहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र जिल्ला निर्वाचन अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गर्ने निर्णय भएको छ।
 
पालिका स्तरमा पनि सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको संयोजकत्वमा, स्थानीय तहमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरु र स्थानीयतहमा रहेका सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने समिति गठन गर्ने निर्णय  भएको हो। 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले निष्पक्ष, भयरहित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्न हामी सबैको कर्तब्य र जिम्मेवारी रहेको बताउदै सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताईन्।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले निर्वाचन आचार संहिता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जिल्लाका वस्तुगत अवस्था, सुरक्षा संयन्त्र लगायतका बारेमा जानकारी गराएका थिए। कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीले गरेका थिए।

कार्यक्रममा ११ वटै पालिकाका निर्वाचन अधिकृत, जिल्ला स्थित राजनीतिक पाटीका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारीलगायतको सहभागिता थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.