सवारी दुर्घटनामा घाईते सदाको मृत्यु

सवारी दुर्घटनामा घाईते सदाको मृत्यु

महोत्तरी : सवारी दुर्घटनामा परि घाईते भएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। गएराति मोटरसाईकल दुर्घटनामा परि घाईते भएको पिपरा गाँउपालिका ६ का ६५ वर्षिय पचु सदाको उपचारको क्रममा आज जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

गएराति पिपरा गाँउपालिका-६ स्थित रतौली चौकमा जनकपुरबाट भ्रमपुरातर्फ आँउदै गरेको ज ६ प १६४८ नं.को मोटरसाइकलले सदालाई ठक्कर दिएको थियो।

गम्भीर अवस्थामा रहेको सदाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

मोटरसाइकल चालक फरार रहेको र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको महोत्तरीको प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.