बेनी-जोमसोम सडकको काभ्रेभीरमा फेरि टाईमकार्ड

बेनी-जोमसोम सडकको काभ्रेभीरमा फेरि टाईमकार्ड

जोमसोम : भारत-चीन जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा फेरि टाईमकार्ड लगाईने भएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी बेनी-जोमसोम सडकको काभ्रेभीरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मंगलबारबाट दैनिक ३ घण्टा टाईमकार्ड लगाउने लगाउने निर्णय गरेको हो।

मुस्ताङको घाँसादेखि काभ्रेभीरको जोखिमयुक्त सडकमा बिष्पोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएर सडक चौडा गर्नुपर्ने भएकाले सडक स्तरोन्नति सहज गराउन सोमबार बसेको जिल्ला सुरक्षा समितिले पुनः टाईमकार्ड लागू गर्ने निर्णय गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए।

टाईमकार्डपछि काभ्रेभीरमा बैशाख ७ गतेदेखि बैशाख २० गतेसम्म दैनिक ३ घण्टा सडक बन्द हुँनेछ।

यसअघि गौरवको सडक आयोजनाको लागि पर्वतको मालढुङ्गा देखि बेनी सडकमा पनि सडक स्तरोन्नतिका लागि म्याग्दी प्रशासनले दैनिक ५ घण्टा टाईम कार्ड लगाएको थियो। राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमा कालिगण्डकी करिडोरको सिफारिसमा म्याग्दी र मुस्ताङ प्रशासनले सडक स्तरोन्नतिका लागि टाईमकार्ड लगाएको थियो।

हिउँदयामको समाप्ती र बशन्तऋतुको आगमनसंगै चैतै दशैँ औशी,चेतै दशैँ र नयाँ वर्षको अवसरमा तिर्थालुहरुको सहजताका लागि केही हप्ता सडकमा लगाईएको टाईमकार्ड हटाईएको थियो। चाडपर्व सकिएको र पर्यटक केही कम हुन थालेपछि सडकमा पुन: टाईमकार्ड जारी गरिएको हो।

राष्ट्रिय गौरवको बेनी-जोमसोम ७६ किमी सडकको अहिलेसम्मको भौतिक प्रगती ७० प्रतिशत छ। २०७४ सालदेखि सुरु गरिएको बेनी-जोमसोम सडक स्तरोन्तिकार्य तोकिएको समयमा पुरा हुन सकेको छैन।

हालसम्म बेनी-जोमसोम ४ खण्डको २ देखि ३ पटकसम्म म्याद थपिसकिएको छ। थपिएको म्याद पनि यही चैत्र मशान्तमा सकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.