बिहीबारदेखि बर्दियाको राजापुरमा थारू साहित्य राष्ट्रिय सम्मेलन हुँदै

बिहीबारदेखि बर्दियाको राजापुरमा थारू साहित्य राष्ट्रिय सम्मेलन हुँदै
सुन्नुहोस्

काठमाडौं : थारू लेखक संघ नेपाल तथा जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजना एवं राजापुर नगरपालिका तथा युनिक नेपालको सहकार्यमा बर्दियास्थित राजापुर-२, जोतपुर गाउँमा फागुन १५ देखि १७ गते ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन हुने भएको छ।

कार्यक्रममा आठवटा छलफल सत्र राखिएको तथा उद्‍घाटन सत्रलाई बोझिलो नबनाउन यसपालि कसैलाई प्रमुख अतिथि नतोकिएको थारू लेखक संघ नेपालका अध्यक्ष डा. कृष्णराज सर्वहारीले बताए। कार्यक्रमको प्यानल छलफलमा राजापुर नगरपालिकाको शिक्षा यात्रा शीर्षकमा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु राजेश, पूर्व जिशिअ जीत बहादुर शाह, पूर्व प्रअ किरण आचार्यसँग युवक माविका प्रअ नरेश कुमार थारूले बहस चलाउने छन्।

त्यस्तै पूर्व मन्त्री डा. गोपाल दहित, लुम्बिनी प्रदेश सांसद धर्म बहादुर थारु, पूर्व मेयर दुर्गा बहादुर थारू कबिरसंग अधिवक्ता सन्तराम धारकटुवा थारले विकास र बाधा शीर्षकमा छलफल गर्नेछन्। 

उता, संस्कृतिकर्मीत्रय एकराज चौधरी, मिनराज चौधरी, भगवती प्रसाद चौधरीसँग रेडियो गुर्वावाकी स्टेशन म्यानेजर पुष्पा चौधरीले बर्किमार (थारु महाभारत)का पात्रबारे सेसन चलाउँदैछिन्।

जनयुद्धमा सबैभन्दा बढी बेपत्ता पारिनेमा बर्दियाको थारु समुदाय रहेको छ। यसै प्रसंगमा, संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल शीर्षकमा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, नगर प्रमुख दिपेश थारु राजेश र द्वन्द्वपीडित समाजका अध्यक्ष भागीराम थारुसँग अध्येता शेखर दहितले बहस गर्नेछन्। थारू लोक साहित्यको संरक्षणमा युनिक नेपालको भूमिका शीर्षकमा डा. गोपाल दहित, प्रिम बहादुर थारुसँग डा. कृष्णराज सर्वहारीले बहस गर्नेछन् भने साहित्यको लागि एक कप चिया अभियानबारे सोम डेमनडौरा, मोहन चौधरी, शेखर दहितसँग सानु चौधरीले छलफल गर्नेछिन्।

त्यस्तै ठुम्रार बसघरा बाटचिट शीर्षकमा बुद्धसेन चौधरी, उन्नती चौधरी, शत्रुघन चौधरीसँग बालिका चौधरीले छलफल चलाउनेछिन्। कार्यक्रमको आकर्षण निर्देशक प्रदिप भट्टराई तथा कलाकार, निर्माता रविन्द्रसिंह बानिया रहेका छन्। जोसँग निर्देशक सुरजदेवले सिनेमा के बन्यो, के बनेन शीर्षकमा बहस चलाउनेछन्। बालाबजारमा गजल साँझ पनि गरिने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.