महाशिवरात्रि २०८१ : लिङ्ग भैरवी देवी मन्दिरमा अद्वितीय आध्यात्मिक अनुभव

महाशिवरात्रि २०८१ : लिङ्ग भैरवी देवी मन्दिरमा अद्वितीय आध्यात्मिक अनुभव

काठमाडौं : वर्षकै सबैभन्दा महत्वपूर्ण आध्यात्मिक उत्सव महाशिवरात्रिको आगमनसँगै काठमाडौंको प्रसिद्ध लिङ्ग भैरवी देवी मन्दिरमा एक विशेष कार्यक्रमको आयोजना हुँदैछ। यो वर्षको विशेष महाशिवरात्रि समारोह फाल्गुन १४ गते साँझ ६:१५ बजेदेखि बिहान ६:१५ बजेसम्म १२ घण्टा चल्नेछ, जहाँ देशभरका हजारौँ भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ।

विशेष आकर्षणहरू
सद्गुरु भन्नुहुन्छ महाशिवरात्रिको रातमा ऊर्जा प्राकृतिक रुपमा माथितर्फ प्रवाह हुन्छ र यदि हामी रातभरि जागा रहने र मेरुदण्डलाई सिधा राखी बस्ने हो भने हामीले यसबाट अधिकतम फाइदा लिन सकिन्छ। त्यसैले ईशा योग केन्द्रमा हुने विभिन्न कार्यक्रमहरूलाई लिङ्ग भैरवी मन्दिरमा प्रत्यक्ष प्रसारण गरिनेछ जसले तपाईंलाई रातभरि जागा रहन सहायता गर्नको लागि मद्दत गर्नेछ । यसमा संगीत, नृत्य, सद्गुरुद्वारा गरिने गहन ध्यान प्रक्रिया र अन्य थुप्रै कुराहरू समावेश छ।

यस वर्षको महाशिवरात्रि उत्सवमा सद्गुरुद्वारा पहिलो पटक मध्यरातमा “ॐ नमः शिवाय“ महामन्त्रमा दीक्षा प्रदान गरिनेछ। यो दुर्लभ अवसर आध्यात्मिक साधकहरूको लागि अतुलनीय रहनेछ। कार्यक्रममा भाग लिनका लागि कुनै पनि प्रकारको पूर्व रजिष्ट्रेशनको आवश्यकता छैन र यो सबैका लागि निःशुल्क रहनेछ। यसलाई प्रत्यक्ष रूपमा सद्गुरु नेपाली च्यानलमा पनि हेर्न सकिन्छ।

“महाशिवरात्रि हाम्रो परम्परामा विशेष महत्व राख्दछ, र यस वर्ष हामी यसलाई थप विशेष बनाउन चाहन्छौं,“ लिङ्ग भैरवी मन्दिरका स्वयंसेवकहरू भन्दछन् । “मध्यरातमा सद्गुरुको प्रत्यक्ष प्रसारण हेर्ने र उहाँबाट सीधै दीक्षा लिने यो एक अद्वितीय अवसर हो।“

विशेष कार्यक्रमहरू
समारोहमा विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्, जसमा ईशा योग केन्द्रबाट हुने प्रत्यक्ष प्रसारण मार्फत सहभागीहरूले दुर्लभ आध्यात्मिक मार्गदर्शन प्राप्त गर्न सक्नेछन्। रातभरि खुला रहने मन्दिरमा भक्तजनहरूले निरन्तर पूजा र आराधना गर्न सक्नेछन्, जसले उनीहरूलाई शिवको कृपा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। परम्परागत नृत्य, संगीत र सांस्कृतिक कार्यक्रमहरूमार्फत विभिन्न संस्कृतिको समृद्ध परम्पराको प्रदर्शन हुनेछ, जसले भक्तजनहरूमा भक्तिभावको संचार गर्नेछ। विशेष रुद्राक्ष दीक्षा कार्यक्रमअन्तर्गत सहभागीहरूलाई शिवको कृपा प्राप्त गर्नको लागि पवित्र रुद्राक्ष प्रदान गरिनेछ। साथै गरी अन्नदान कार्यक्रममार्फत उपस्थित सबैजनालाई पवित्र अन्नको दान पनि गरिनेछ। साथै, विभिन्न पारम्परिक खाना स्टलहरूमा नेपाली र भारतीय परम्परागत खानाहरू उपलब्ध हुनेछन्, जसले भक्तजनहरूलाई रातभरिको जागरणमा ऊर्जा प्रदान गर्नेछ।

रुद्राक्षको महत्त्व
प्राचीन योगिक कथा अनुसार, महादेव शिव एकपटक हिमालयमा यस्तो गहिरो ध्यानमा बसेका थिए कि उनलाई हेर्दा जीवनहीन देखिन्थे। केवल आनन्दका आँसु उनका आँखाबाट बगिरहेका थिए। ती दिव्य आँसु पृथ्वीमा खस्ना साथ “रुद्राक्ष“ मा परिणत भए, जसलाई रुद्रका आँसु पनि भनिन्छ। प्रत्येक वर्ष हजारौँ संख्यामा सद्गुरुद्वारा प्रतिष्ठित रुद्राक्ष वितरण गरिन्छ। यस वर्षको महाशिवरात्रिमा सबैजनालाई लिङ्ग भैरवी देवी मन्दिरबाट यी रुद्राक्ष संकलन गर्ने अवसर प्रदान गरिएको छ।

आदियोगी रथ यात्रा
महाशिवरात्रि उत्सवको अर्को विशेष आकर्षण काठमाडौंमा भएको आदियोगी रथ यात्रा पनि हो। यो दिव्य यात्रा काठमाडौंका विभिन्न भागहरूमा हुँदै गएको थियो, जसमा स्थानीय समुदायहरू सहभागी भएका थिए। आदियोगीको यस रथयात्रा महाशिवरात्रिको दिन लिङ्ग भैरवी मन्दिरमा आएर समापन हुनेछ।

सहभागिताको लागि जानकारी
कार्यक्रमको बारेमा थप जानकारीको लागि इच्छुक सहभागीहरूले ९७६५९३५००० मा सम्पर्क गर्न सक्नुहुन्छ। स्वयंसेवकहरूले सबैलाई सहभागी हुन र यस अद्वितीय आध्यात्मिक अनुभव लिन प्रोत्साहित गर्दछन्। “शिव“ सँगको अद्भुत रात महाशिवरात्रि मनाउन लिङ्ग भैरवी देवी मन्दिर, काठमाडौँमा आउनुहोस् र जीवनको अर्थपूर्ण अनुभव लिनुहोस्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.