भारतको केआइआइटीबाट नेपाल फर्किएका विद्यार्थीहरूलाई टियुले भर्ना लिने

भारतको केआइआइटीबाट नेपाल फर्किएका विद्यार्थीहरूलाई टियुले भर्ना लिने
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (टियु)ले भारतको ओडीसास्थित केआइआइटी विश्वविद्यालयबाट नेपाल फर्किएका विद्यार्थीहरूको भर्ना लिने भएको छ। त्रिभुवन विश्वविद्यालयले मंगलबार विज्ञप्ति जारी गरेर नेपाल फर्किएका विद्यार्थीहरू पढ्न चाहेमा भर्ना लिने जानकारी दिएको हो।

टियुले विश्वविद्यालयको क्रेडिट ट्रान्सफर नीतिअनुरुप भर्ना लिन सकिने जानकारी दिएको छ। 'भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीतिअनुरुप भर्ना गर्न सकिने ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,' टियुको विज्ञप्तिमा भनिएको छ।

उसले इच्छुक विद्यार्थी र अभिभावकलाई इमेलमार्फत सम्पर्क गर्न भनेको छ। टियुले [email protected][email protected] गरी दुई इमेल जारी गरेको छ। 

गत १६ फेब्रुअरीमा केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो। उनको मृत्युपछि केआइआइटी प्रशासनले विश्वविद्यालय र होस्टेल छाड्न नेपाली विद्यार्थीहरूलाई निर्देशन दिइएको थियो। नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टेलबाट निकालेर रेलवे स्टेशन पुर्‍याइएको थियो। यस विषयमा दुई देशको केन्द्रीय सरकारले नै कूटनीतिक माध्यमबाट संवाद गर्न परेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.