युवाहरूको क्षमता विकासका जेसीजसँगै अन्नपूर्ण

युवाहरूको क्षमता विकासका जेसीजसँगै अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : युवाहरूको नेतृत्व सहित व्यक्तित्व विकासमा काम गदै आइरहेको जेसीजलाई अन्नपूर्ण मिडिया नेटवर्कले साथ दिने भएको छ। युवाहरूको क्षमता अभिवृदि गर्ने जेसीजलाई अन्नपूर्ण मिडिया नेटवर्कले आफ्ना सञ्चार माध्यमबाट सूसुचित गराउने अभियानमा साथ दिने भएको हो। मंगलबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टर भ्रमण गर्दै जेसीजका उपाध्यक्ष जापानका हिरोकी तोमोरीले जेसीजले युवाहरुको क्षमता विकासका लागि गरेका कार्यहरूलाई मिडिया हाउसले सघाउने सराहनीय कार्य भएको बताए।

‘मलाई राम्रोसँग थाहा छ। अन्नपूर्ण मिडिया नेपालकै विश्वासिलो मिडिया हाउस हो,’ उनले भने, ‘जेसीजको अभियानमा अन्नपूर्ण मिडिया हाउससँगसँगै हुदा साह्रै खुसी लागेको छ।’ सहकार्यको थालनी अभियानस्वरुप जेसीजका उपाध्यक्ष जापानका हिरोकी तोमोरीलाई अन्नपूर्ण मिडिया नेटवर्क लोगो पिच लगाइदिएर अन्नपूर्णका महाप्रबन्धक मनोज बस्नेतले सहकार्य थालनीको उदघोषक गरेका थिए। ‘युवाहरूको क्षमता विकासका लागि मिडिया हाउसले गर्न सक्ने सबै कार्यहरूमा जेसीजलाई सघाउने छौं,’ उनले भने, ‘यो सहकार्य राष्ट्रिय रूपमा मात्र नभई अन्तराष्ट्रियस्तरमै हुनेछ।’

जेसीजसँग सहकार्य गरेर युवाहरूको क्षमता अभिवृद्धिमा सघाउने नेपाल जेसीज र अन्नपूर्ण मिडिया नेटवर्कबीच सहकार्य सम्झौता भइसकेको छ। सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका  महाप्रबन्धक मनोज बस्नेत र नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष रजनी थापाले हस्ताक्षर गरेका थिए।

‘युवाहरूले थालेका रचनात्मक कार्यहरूमा युवाहरूलाई साथ सपोर्ट गरेर पछिल्लो समय अन्नपूर्ण मिडिया नेटवर्कले निकै राम्रो काम गरिरहेको छ,’ नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष रजनी थापाले भनिन्, ‘जेसीज पनि युवाहरूकै संस्था र उनीका लागि नै काम गरिरहेकाले अन्नपूर्णसँग जेसीजले गरेर अगाडि बढ्न पाउँदा गौरवान्वित छौं।’ देशभर संजाल रहेको नेपाल जेसीजमा हाल ३ लाख युवाहरू सदस्य रहेका छन्। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.