सुतिरहेको व्यक्ति माथि हतियार प्रहार गर्ने पाख्रिन पक्राउ

सुतिरहेको व्यक्ति माथि हतियार प्रहार गर्ने पाख्रिन पक्राउ

महोत्तरी : घरको बरण्डामा सुतेको व्यक्तिलाई घाईते बनाएको भन्दै महोत्तरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महोत्तरीले प्रहरीले वर्दिवास नगरपालिका-७ फुलवारीटोलका २२ वर्षिय उमेश पाख्रिनलाई पक्राउ गरिएको हो।

पाख्रिनले स्थानीय ४० वर्षिय गणेशी महतोलाई धरिलो हतियार प्रहारगरी गम्भीर घाईते बनाएको थियो। पक्राउ परेका पाख्रिनले आफनै घरमै सुतिरहेको समयमा महतोलाई टाउको तथा गालामा हतियार प्रहार गरी सख्त घाईते बनाई फरार भएका थिए। 

फरार भएपछि ईलाका प्रहरी कार्यालय बर्दिवास र प्रहरी चौकी किसाननगरबाट खटिएको प्रहरीको टोली घटनास्थलमा गई मधेश प्रदेश प्रहरी कार्यालयसंगको समन्वयमा कुकुरसहितको प्रहरी टोली झिकाई सुक्ष्म अनुसन्धान गर्दा घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

पाख्रिनलाई खोजतलासको क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा निजले वारदातमा प्रयोग गरेको फलामको रड, लगाएको कपडा, धारिलो हतियार खुकुरीसमेत घरमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरी निजलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए।

पक्राउ परेका पाख्रिनलाई बुधबार महोत्तरी जिल्ला अदालत जलेश्वरबाट ज्यान मार्ने उधोग मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको डिएसपी विष्टले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.