सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सिन्धुली : सिन्धुलीमा मुख्य निर्वाचन अधिकृत र ८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार सिन्धुलीको कमलामाई नगरपालिका ५ बागवानी केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।  यस्तै दुधौली नगरपालिकासहित अन्य ८ वटा पालिकामा निर्वाचन समेत एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत ध्रुव प्रसाद सापकोटाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी उपरिक्षक विमलराज कंडेल, जिल्ला निर्वाचन अधिकृत पुष्पा कुमारी झा लगायतको उपस्थितीमा कार्यालयको स्थापना गरिएको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर संचालन थालिएको सापकोटाले बताए। मुख्य निर्वाचन अधिकृत सापकोट धनुषा जिल्ला अदलातका न्यायाधीश हुन् ।यस्तै, जिल्लाको दुधौली नगरपालिकामा दिपक ढकाललाई निर्वाचन अधिकृत तोकिएको छ । सुनकोशी गाउँपालिकामा लक्ष्मी पाण्डे, गोलन्जोर गाउँपालिकामा प्रकाशजंग कार्की, घ्याङलेख गाउँपालिकामा विमल थापा, फिक्कल गाउँपालिकामा डिकबहादुर कार्की, मरिण गाउँपालिकामा दुर्गा बन्जाडे र हरिहरपुरगढी गाउँपालिकामा भरत कुमार दाहाललाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ ।

‘जिल्लाका नौवटै पालिकामा कार्यालय संचालन भएको छ । त्यहाँ कर्मचारी व्यवस्थापन तथा आवश्यक काम सुरु गरिएको हो,' सापकोटाले भने । आयोगले आगामी आइतबार र सोमबारका दिन उमेदवारी दर्ताको मिति तोकेको छ । त्यसको तयारी समेत थालिएको सापकोटले जानकारी दिए।

उता जिल्लामा २३ वटा मतदानस्थल अति सम्बेदनशील रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । 'जिल्लाका कुल १ सय ४७ मतदान स्थल मध्ये २३ वटा अति सम्बेदनशील र ६२ वटालाई सम्बेदनशटील स्थलका रुपमा हेरिएको छ,'न्यौपानेले भने ।

 यस्ता अतिसम्बेदनशील र सम्बेदनशिल मतदान स्थलको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइने उनको भनाइ छ । यस्तै जिल्लामा कुल १ सय ४७ मतदान स्थलअन्तर्गत २ सय ६८ वटा मतदान केन्द्रहरु रहेका छन् ।  जिल्लामा निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा नियकाका तर्फबाट गर्नुपर्ने सबैखाले काम तीव्र गतिमा भइरहेको छ । 

‘जिल्लामा मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुको कार्यालय स्थापना भएको र आइतबार र सोमबार हुने मनोनयन दर्तालाई व्यवस्थित गर्नका लागि आवश्यक तयारी समेत भइरहेको छ,' प्रजिअ न्यौपानेले भने ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.