अघिल्लो तीनै तहको निर्वाचन बहिस्कार गरेका तिङलाबासी बैशाख ३० को प्रतिक्षामा

अघिल्लो तीनै तहको निर्वाचन बहिस्कार गरेका तिङलाबासी बैशाख ३० को प्रतिक्षामा

सोलुखुम्बु : तिङ्लाका कुमारी नेपालीलाई कहिले बैशाख ३० आउला र भोट हाल्न पाईला भन्ने लागिरहेको छ। संघियतापछिको पहिलो निर्वाचन बहिस्कार गरेकाले तिङलाली यस पटकको निर्वाचनमा भने सहभागी हुन निक्कै आतुर देखिन्छन्।

राज्य पूर्नसंरचनामा असहमती जनाउँदै अघिल्लो पटक तिनै तहको निर्वाचन बहिस्कार गरेका तिङ्लावासी करिब ५ वर्ष जनप्रतिनिधि विहिन अवस्थामा रहनुपरेको थियो। तर सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ कायम भएपछि तिङ्लालीको माग सबै पूरा भएको हो।

२५ वर्षपछि चुनावमा भाग लिन पाउने भएपछि अहिले सिङ्गो तिङलाबासी निकै उत्साहित देखिएका छन्। विद्रोही छवि बनाएका तिङ्ली यस पटकको निर्वाचनबाट जनप्रतिनिधि चुन्ने आशामा देखिएका छन्। तिङ्लाका कुमार खड्काले भने–‘अन्य स्थानीय तहमा जनप्रतिनिधिहरु मार्फत काम भए, हाम्रोमा पाँच वर्षसम्म कर्मचारीको भरमा काम भयो तर यस पटक भने आफ्नै हातले मतदान गरी स्थानीय जनप्रतिनिधि चुन्ने सुनौलो अवसरको पर्खाइमा छौं, त्यसपछि विकासमा अझ अघि बढ्ला भन्ने आशा छ।’

तिङ्लाकै निरकुमार नेपालीलाई यस पटकको निर्वाचन दशैँ आए झै लागिरहेको छ। आफूहरुका लागि संघियतापछिको पहिलो निर्वाचनमा सहभागी हुन ठूलै युद्ध जित्नुपरेको जस्तो आभार भईरहेको उनको भनाई छ।

नेपाली कांग्रेसको अन्तिम शसस्त्र क्रान्तिसमेत भएको टिम्बुरबोटे रहेको तिंङ्लाले हरेक राजनैतिक तथा सामाजिक मुद्दामा विद्रोही छबी स्थापित गर्दै आएको छ। यसपालि भने तिङ्लाका बासिन्दा मतदानबाट जनप्रतिनिधि छान्ने दिनको पखाईमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.