जिल्ला फुटबल संघ अध्यक्षमा चेम्जोङ विजयी
धनकुटा(अस) : धनकुटा जिल्ला फुटबल संघको अध्यक्षमा मणीकुमार चेम्जोङ निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संघको साधारण सभा तथा छैठौं जिल्ला अधिवेशनमा निकटतम प्रतिद्वन्द्वी दिवन श्रेष्ठलाई ४ मतले पराजित गर्दै चेम्जोङ विजयी भएका हुन्। विजयी चेम्जोङले १० मत र श्रेष्ठले ६ मत प्राप्त गरेका थिए।
त्यस्तै समितिको उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका थिए। जसमा पदमबहादुर श्रेष्ठले ११ भोट, मनिसोर तामाङले १४ भोट र मणी देवानले ९ भोट ल्याएर निर्वाचित भएका थिए भने निकटतम प्रतिद्धन्द्धी रत्नेश्वर राईले ६ भोट ल्याएका थिए।
त्यस्तै सदस्य पदका लागि १३ जनाले उमेद्धारी दिएका थिए जसमा रुपेश श्रेष्ठ ११, सवल राई १२, शम्भु प्रभान ९, विशालकुमार लिम्बु १०, शिखर श्रेष्ठ १०, श्यामबहादुर चेम्जोङ ११, आशिष राई १२, राम राई ११, सुरेश गुरुङ १२ र रमेश राई १४ भोट ल्यएर विजयी भएका थिए भने निकटतम प्रतिद्धन्द्धी उज्जवल कर्माचार्य ६ भोट, पुनजंग राणा ५ भोट र मानप्रसाद लिम्बु ९ भोट ल्याएका थिए।
प्रतिक्रिया दिनुहोस !