एमाले बाजुराले टुंग्यायो प्रमुख उपप्रमुखका उम्मेदवार, वडामा भने बिवाद कायमै

एमाले बाजुराले टुंग्यायो प्रमुख उपप्रमुखका उम्मेदवार, वडामा भने बिवाद कायमै

बाजुरा : नेकपा एमाले बाजुराले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा नेकपा एमालेले उम्मेदवार टुंगाएको हो। निरन्तर छलफल गरेर जिल्लाको ९ स्थानीय तहमध्ये ४ नगरपालिका र ५ गाउँपालिकाका लागि प्रमुख र उपप्रमुखको नाम टुंगाएको नेकपा एमाले जिल्ला प्रचारप्रसार विभाग प्रमुख काशी बिकले जानकारी दिए। 

नगरपालिकातर्फ बुढीगंगा नगरपालिका प्रमुख रामबहादुर बानिया उपप्रमुख माया कुँवर, बडिमालिका नगरपालिकामा प्रमुख अम्मर खड्का उपप्रमुख नन्दा थापाको नाममा निर्णय गरेको छ त्यस्तै त्रिबेणी नगरपालिका प्रमुख उज्जल बुढा उपप्रमुख पार्वतीदेबी बिष्ट र बुढीनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहोरा उपप्रमुख मुन कुमारी बिसीको नाममा निर्णय भएको बिकले बताए। 

गाउँपालिकातर्फ खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष दिलबहादुर रावत उपाध्यक्ष मन्देबी ओली, गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया उपाध्यक्ष सिता थापा जगन्नाथ गाउँपालिका कालिबहादुर शाही उपाध्यक्ष मरुकला बिष्टको नाममा निर्णय भएको छ। त्यसैगरी हिमाली गाउँपालिकामा अजबहादुर मल्ल उपाध्यक्ष राजकला सार्की उपाध्यक्ष, स्वामीकार्तिक खापगर गाउँपालिकामा चतूर्भुज शाही अध्यक्ष र उपाध्यक्षमा सुलोचना भण्डारी बुढाका नाममा निर्णय भएको छ। 

बडिमालिका र त्रिबेणी नगरपालिकामा दुबै नया अनुहार हुन। बुढीनन्दा नगरपालिकामा जनक बोहरा ०७४ मा प्रजय भएका हुन भने मनु रोकाया बिसी नयाँ अनुहार हुन्। 

त्यसैगरी स्वामीकार्तिक खापर र खप्तड छेडेदह गाउँपालिकाका दुबै नयाँ अनुहार हुन भने जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाही ०७४ सालको निर्बाचनमा पनि गाउँपालिका अध्यक्ष निर्वाचित हुन पुन: दोहोरिएका छन् उपाध्यक्ष भने नयाँ अनुहार ल्याएका छन्। हिमाली गाउँपालिकामा दुबै पुरानै अनुहारलाई दोहोर्याएका छन् दुबै ०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजय भएका थिए। त्यसैगरी गौमुल गाउँपालिकामा दुबै पुरानै अनुहार हुन ०७४ सालको निर्वाचनमा दुबै जितेका थिए। 

जिल्लाका ९ ओटै स्थानीय तहका केही वडाहरुको बिवाद कायमै रहेकोले आईतबार टुंग्याएर भोलि मात्रै मनोनयत दर्ता गर्ने नेकपा एमाले बाजुराले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.