टिकट नपाएको भन्दै नेपाली कांग्रेस बुंगल नगरसभापतिले दिए राजीनामा

टिकट नपाएको भन्दै नेपाली कांग्रेस बुंगल नगरसभापतिले दिए राजीनामा

बझाङ : बझाङको बुगंल नगरपालिकाका नेपाली कांग्रेसका नगरसभापति नरेशबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। पार्टीले नेता जयबहादुर धामीलाई मेयरको टिकट दिएपछि थापाले असन्तुष्टि जनाउँदै स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा जनभावना विपरित भएको उनको आरोप छ । 

'बुंगल नगर प्रमुख उप–प्रमुख वडा अध्याक्षका सम्पूर्ण पदहरुमा नगरवासीको जनभावना टिकट वितरण गरेकोमा म नरेश थापा औचित्यहिन ठान्दछु । सोहि कारण आजको मितिबाटै नेपाली कांग्रेसको नगर सभापतिबाट राजीनामा दिएको छु,' राजीनामा पत्रमा लेखिएको छ ।

बुंगल नगरपालिकाको उपमेरमा माओवादी नेता कुँवरको स्वतन्त्र उम्मेदवारी दर्ता

गठबन्धन दलहरुको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको माओवादी केन्द्रका बुंगल नगर कमिटी अध्यक्ष किशोर कुँवरले बुंगल नगरपालिकाको उपमेरमा पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको भागबण्डामा मेयर कांग्रेसलाई र उपमेर एकीकृत समाजवादीको भागमा परेको थियो ।

२०५७ सालदेखि आफू माओवादी केन्द्रमा आवद्ध रहेको र पार्टीका लागि अनवरतरूपमा खटिएर लागेको भएपनि टिकट बाँडफाँड तथा गठबन्धनले आफूमाथि अपमान गरेको आरोप लगाएका छन् । टिकट नपाएपछि एमाले 
जिल्ला कमिटी सदस्य सिंहद्धारा पार्टी परित्याग

नेकपा एमालेका पुराना नेता बझाङ जिल्ला कमिटी सदस्य ध्रुवबहादुर सिंहले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सिंहले आइतबार नेकपा एमाले बझाङ जिल्ला कमिटीलाई राजीनामा पत्र बुझाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

नेता सिंहले वडा अध्यक्षको टिकट नपाएपछि असन्तुष्टि जनाउँदै वि.स. २०४७ साल सालदेखि निरन्तर नेकपा एमालेको राजनीतिमा सक्रिय रहि विभिन्न संगठन हुँदै जिल्ला कमिटी सदस्य तथा बुंगल नगरपालिका सह इन्चार्ज भई काम गर्दै आउँदा पनि पार्टीले निरन्तर धोका दिएको आरोप लगाएका छन् ।

बझाङको वित्थडचिरमा कांग्रेसको सिंगो वडा कार्यसमितिले दियो राजीनामा

बझाङको वित्थडचिर गाउँपालिकामा कांग्रेसको वडा कार्यसमितिका पदाधिकारीले राजीनामा दिएका छन्। चुनावी तालमेलको विरोधमा वडा नम्बर २ का गणेश बोहराको नेतृत्वको १७ सदस्यीय कार्यसमितिका पदाधिकारीले पदबाट राजीनामा दिएका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बझाङमा गठबन्धन गर्ने निर्णय गरेको थियो। वडा सभापतिबाट राजीनामा दिएका बोहराले कांग्रेस एक्लै जित्ने अवस्थामा गठबन्धन स्वीकार्य नभएको बताउँदै वित्थडचिर–२ बाट अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.