पुतलीबजारमा कांग्रेसबाट मनोनयन दर्ता
स्याङ्जा : पुतलीबजार नगरपालिकामा नेपाली कांग्रेसले मनोनयन दर्ता गराएको छ। पुतलीबजार नगरपालिकासंगै रहेको सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख, उपप्रमुख, अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरिएको हो।
पुतलीबजारको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसकातर्फबाट तुलसीराम रेग्मी र देवी अर्याललगायत १४ वडा अध्यक्ष र ७० जना सदस्यले उम्मेदवारको मनोनयन दर्ता गरेका छन्।
रेग्मी यसअधिको स्थानीय तहका उपविजेता र नेपाली कांग्रेसका हालका क्षेत्रीय सभापति पनि हुन्। अर्याल महासमिति सदस्य हुन्।
प्रतिक्रिया दिनुहोस !