यस्ता छन् स्याङ्जाका ६ गाउँपालिका अध्यक्षका मुख्य प्रतिस्पर्धी
स्याङ्जा : स्थानीय निर्वाचनका लागि स्याङ्जाका ११ पालिका मध्ये ६ गाउँपालिकामा २ जना महिलासहित २९ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। ती मध्ये नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
कांग्रेसले अर्जुनचौपारीबाहेक अन्य ५ वटा पालिकामा उपाध्यक्ष दिनेगरी गठबन्धन गरेको छ। फेदिखोला, आँधीखोला, कालीगण्डकी, हरिनास र विरुवामा गठबन्धन भै उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा नेकपा एकीकृत समाजवादी, माओवादी, जनमुक्तिबीच स्थानीय आवश्यकता अनुरुप गठबन्धन भएको हो।
नेपाली कांग्रेसकातर्फबाट कालीगण्डकी गाउँपालिकामा माया राना र नेकपा एमालेका खिम थापा चुनावी प्रतिस्पर्धामा छन्। बिद्यार्थीकालदेखि राजनीतिमा सक्रिया राना महाधिवेशन प्रतिनिधि हुन भने थापा यसअघि पनि पालिकाका अध्यक्ष हुन्।
अर्जुनचौपारी गाउँपालिकामा नेपाली कांग्रेसका प्रकाश तिवारी र नेकपा एमालेका चिनुमाया गुरुङ्ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। तिवारी नेपाली कांग्रेस प्रदेश (क) का सभापति हुन भने गुरुङ् यसअघि पालिका उपाध्यक्ष थिईन्।
आँधीखोला गाउँपालिकामा नेपाली कांग्रेसमा प्रेमराज पौडेल र नेकपा एमालेका विश्व पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष हुन् भने विश्व एमाले जिल्ला सहसचिव हुन्।
फेदिखोला गाउँपालिकामा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराल र नेकपा एमालेका घनश्याम सुवेदीबीच प्रतिस्पर्धा हो। बराल एक महिनाअघि एमाले परित्याग गरी कांग्रेसको सदस्यता लिएका थिए। एमाले बसेर ३ दशकभन्दा बढी क्रियाशिल थिए। उनी कांग्रेसको जिल्ला सदस्य हुन भने सुवेदी यसअघि पनि सोही पालिका अध्यक्ष थिए।
हरिनास गाउँपालिकामा नेपाली कांग्रेसका टोपबहादुर भुजेल र नेकपा एमालेका खिमनारायण मानन्धर चुनावी प्रतिस्पर्धामा छन्। भुजेल क्षेत्रीय प्रतिनिधी हुन भने मानन्धर यसअघि पनि सोही पालिका अध्यक्ष थिए।
नेपाली कांग्रेसका डोलराज पोख्रेल र नेकपा एमालेका सूर्य कुँवरबीच बिरुवा गाउँपालिकामा मुख्य प्रतिस्पर्धा हुने भएको छ। पोख्रेल विरुवा गाउँपालिका कांग्रेस सभापति हुन भने कुँवर शिक्षण पेशाबाट निबृत्त हुन।
प्रतिक्रिया दिनुहोस !