उम्मेदवारको नाम प्रकाशन नगरेको भन्दै सम्सीमा प्रर्दशन

उम्मेदवारको नाम प्रकाशन नगरेको भन्दै सम्सीमा प्रर्दशन

महोत्तरी : उम्मेदवारी सूचीबाट नाम हटाईएको भन्दै महोत्तरीको सम्सी गाँउपालिकास्थित निर्वाचन आयोगको कार्यालय अगाडि नेकपा माओवादी समर्थीत कार्यकर्ताहरुले धर्ना दिएका छन्। शुक्रबार दिउँसो सम्सी गाँउपालिकाको निर्वाचन अधिकृत कार्यालय अगाडि आफ्नो पक्षको उम्मेदवारको नाम प्रकाशन नगरेको भन्दै उम्मेदवार समर्थित कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्।

 
हात हातमा पार्टीका झण्डा लिएका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयको मुलगेटमा नाराबाजी गर्दै प्रर्दशनमा उत्रेका थिए। उनीहरु टायर बालेर विरोध प्रर्दशन गरेका थिए भनेपछि मूलगेटमा धर्नामा बसेका थिए।
 
निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको अन्तिम नामावालीमा आफ्नो पार्टी समर्थित वडा नं. ६ का वडाध्यक्ष शेष उमैद, वडा नं. २ का वडाध्यक्ष शेष मकसुद र वडा नं. ७ का वडा सदस्य दशै महतो नुनियाको नाम हटाईएको नेकपा माओवादीका नेता विजय यादवले बताए। उनले भने, ‘हरतवरले कागजात पूरा हुँदासमेत आयोगका प्रतिनिधिले विपक्षीको ईशारामा बिना कारण नाम हटाईएको हो। पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा प्रत्यक्षरुपमा उम्मेदवारहरुको पहुँच नहुँदा कागजात बुझाउनलगायतका अन्य जानकारी समयमा पाउनका लागि मुश्किल सिर्जना भएको छ। निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुको पहुँचमा अवरोध सिर्जना भएको छ।’

नियम संगत एवम् कागजातकै अधारमा उम्मेदवारहरुको नामावाली प्रकाशन गरिएको निर्वाचन अधिकृत दिलीपकुमार प्रधानले जानकारी दिएका छन्। अधिकृत प्रधानका अनुसार उनीहरुमध्ये कागजात अपुग भएकोले उनीहरुको नाम वैधानिक नभएपछि सूची प्रकाशन नगरिएको संचारकर्मीलाई बताएका छन्।

अधिकृत प्रधानले भने, ‘सम्सी गाँउपालिकाबाट वैशाख १५ गते प्राप्त भएको पत्रअनुसार उनीहरुको उम्मेदवारी खारेजी भएको हो। गाँउपालिकाबाट पाएका पत्रअनुसार वडाअध्यक्षमा उम्मेदवारी दिएका निवर्तमान वडाध्यक्षद्वय शेख मकसुद आलम र मो. मकसुदले नगद तथा जिन्सी कार्यालयलाई बरबुझारथ नगरिएको र बेरुजु हालसम्म फछर्यौट नगरिएको देखिएको छ। निर्वाचन आयोगको कानुन अनुसार उनीहरुको उम्मेदवारी रद्द गरिएको हो।’
 
यता वडासदस्यका उम्मेदवारहरु दशै महतो नुनिया र तेज नारायण यादवको हकमा उनीहरुको अधुरा कागजातको कारण कानुन बमोजिम नाम प्रकाशन गर्न नसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक अवधारण सार्वजानिक भएपछि कार्यालय अगाडि रहेको भिडलाई नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिएका छन्। अहिले त्यहाँको वातावरण सामान्य रहेको जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.