‘बाँध मायाले’ सार्वजनिक
![‘बाँध मायाले’ सार्वजनिक](https://annapurnapost.prixacdn.net/media/albums/badha-mayale_20220430094346_ZClbanpaFL.jpg)
गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द संगीत छ।
सविन लिम्बूले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ। ‘बहकिँदै छ मन बाँध मायाले’, ‘सम्हाल यो मन’, ‘चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी’ लगायत बोलका गीत समावेश गरिएको छ।
भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरू सार्वजनिक भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)