कांग्रेस पार्टी कार्यालय तोडफोड

कांग्रेस पार्टी कार्यालय तोडफोड

नुवाकोट : स्थानीय तह निर्वाचनको उम्मेदवारीको विषयलाई लिएर नुवाकोटको विदुरमा कांग्रेस कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन्। मतदानको मिति नजिकिंदै जांदा असन्तुष्ट पक्षले शुक्रबार बेलुकी उम्मेदवारीको विषयमा विवाद हुँदा पार्टी कार्यालय तोडफोड गरेका हुन्। 

सत्तारुढ गठबन्धान रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायत पाँच दलले चुनावी गठबन्धन गरे पनि नुवाकोटको तीन स्थानीय तहमा कांग्रेस-माओवादी चुनावी तालमेल भएको छ। दुई दलबीच चुनावी तालमेल हुँदासमेत एउटै पदमा दुईवटै दलको उम्मेदवारी परेको र त्यसको उचित व्यवस्थापनको माग गर्दै विदुरस्थित पार्टी कार्यालय आइपुगेका कार्यकर्ताहरुले विवादमा आक्रोशित भइ तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताए। 

पार्टी कार्यालयमा तोडफोड भएको कांग्रेस नुवाकोट क्षेत्र नं. २ का सभापति जगत तामाङको भनाइ छ।  दाहोरो उम्मेदवारीको विषयलाई विवाद समाधानको माग गर्दै आक्रोश युवाहरुले कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतको कार्यकक्षमा तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताए। 

विदुर नगरपालिका–७ तुप्चेवाट आएका कांग्रेस कार्यकर्ताहरुले सो वडामा गठवन्धन रहेको र कांग्रेस तथा माओवादी दुबै दल वडाध्यक्ष पदबाट उम्मेदवारी परेको कारण कुन आधिकारिक उम्मेदवार हो? भन्दै समस्या समधानको माग गरेका थिए। सोही क्रममा आक्रोशित युवाहरुले सभापति महतको कार्यकक्षमा प्रवेश गरी टेबल, कुर्सी, सिसालगायतका सामग्री तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताए। 

यसैबीच, रसुवाको पूर्वी भेगमा रहेको नौकुण्ड गाउँपालिका–५ भोर्लेमा ग्याँस सिलिन्डर पड्किंदा दुई जना घाइते भएका छन्। भोर्लेका ५८ वर्षीय कामीसिङ गोलेको घरमा ग्याँस सिलिन्डर जोड्ने क्रममा पड्किएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया पत्नी गोमा गोले घाइते भएकी हुन्। उनको घरमा आगलागी समेत भएको र क्षतिको थप विवरण संकलन गर्ने कार्य भइरहेको रसुवा प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.