नुवाकोटमा १० प्रमुखसहित ९९ जनाले फिर्ता लिए उम्मेदवारी
नुवाकोट : स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारी दिएका ९९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। गत आइतबार र सोमबार १२ वटै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेकाले उम्मेदवारी फिर्ता लिएका हुन्।
जनप्रतिनिधि हुनका लागि प्रक्रियासहित उम्मेदवारी दिएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारसमेत गरी ९९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। जसमध्ये १० जना मेयर तथा अध्यक्षका उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।
पाँच जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्। ५० जना वडाध्यक्ष तथा अन्य बाँकी सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्तासँगै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
४