श्रोत नखुलेको रकमसहित एक जना पक्राउ

श्रोत नखुलेको रकमसहित एक जना पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले नेपाली ४ लाख अवैध रकमसहित एकजनालाई पक्राउ गरेको छ। आईतबार जलेश्वर नगरपालिका-३ मलिवारास्थित जलेश्वर भंन्सार अगाडीको सडक हुँदै भारतबाट नेपालमा अवैधरूपमा नेपाली मुद्रा ओसार पसार गरी ल्याई रहेको विशेष सूचनाको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचको क्रममा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीका १९ वर्षिय सुजित मण्डललाई नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँचको क्रममा मण्डलले बोकेको व्यागभित्र हरियो रंष्को प्लास्टिकभित्र १ हजारका ४ गड्डीमा रहेको ४ लाख नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

पक्राउ परेको मण्डललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जलेश्वर भंसार कार्यालय मलिवारा पठाईएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश विष्टले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.