महोत्तरीको सम्सीमा निर्वाचन कार्यक्रम पुनः दोहरिने

महोत्तरीको सम्सीमा निर्वाचन कार्यक्रम पुनः दोहरिने

महोत्तरी : महोत्तरीको सम्सी गाँउपालिकाका निर्वाचन कार्यक्रम पुनः दोहाराउने भएको छ। निर्वाचन आयोगले सम्सीमा कायम रहेको विवादलाई साम्य पार्नका लागि निर्वाचन अधिकृत फेरिए लगतै सो पालिकामा निर्वाचन कार्यक्रमहरु पुनः दोहरिने भएको हो। 

निर्वाचन अधिकृत विनोद कुमार दाहालका अनुसार निर्वाचन आयोगले संशोधन कार्यक्रमसहित निर्वाचन गतिविधी गर्नका लागि निर्देशन दिईएकोले सोही अनुसार यहाँ कार्यक्रम संचालन हुने जानकारी दिएका छन्। निर्वाचन अधिकृत दाहालले भने, ‘यसभन्दा अघिका निर्वाचन अधिकृत दिलीपकुमार प्रधानले कार्यसम्पादन गर्ने क्रममा विवाद सिर्जना भएपछि कार्यक्रम फेरिएको हो। अब सम्सी पालिकाको हकमा नयाँ कार्यतालिका प्रकाशन भएको छ। जस अनुसार भोलि सोमबार दोस्रो पटक मनोनयन जाँच गर्ने, उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने भएको छ। त्यस्तै सोही दिन दाबी विरोधको छानबिन गरिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ। अनि वैशाख २१ गते मंगलबार चुनाव चिन्ह प्रदान गरिनेछ।’

निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्सी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत उपसचिव दिलीप प्रधानलाई फिर्ता पठाइएको हो। प्रधानको ठाउँमा निर्वाचन अधिकृत विनोदकुमार दाहाललाई खटाइएको छ। 

यसअघिका निर्वाचन अधिकृत प्रधानले माओवादी केन्द्रका दुई वडाध्यक्ष र एक जना वडा सदस्यको उम्मेदवारी रद्द गरेका थिए। निवर्तमान वडाध्यक्ष र सदस्यले गाउँपालिकाबाट लिएका जिन्सी सामान फिर्ता र बेरुजु रकम दाखिला नगरी फेरी वडाध्यक्षको उम्मेदवार भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि वडाध्यक्ष र सदस्यको उम्मेदवारी रद्द गरिएको थियो।

निर्वाचन अधिकृतको कार्यालय वडा नं. २ मा माओवादी केन्द्रका उम्मेदवार शेष मकसुद आलम र माओवादी केन्द्रकै वडा नं. ६ का अध्यक्षका उम्मेदवार शेष उमैदको उम्मेदवारी रद्द गरेको थियो। माओवादी केन्द्रका तीन जना उम्मेदवारको उम्मेदवारी रद्द भएपछि गत शुक्रबार निर्वाचन अधिकृत कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.