नेकपा एस दैलेखका उपसचिव लामिछाने र सदस्य रोहित एमालेमै फर्किए

नेकपा एस दैलेखका उपसचिव लामिछाने र सदस्य रोहित एमालेमै फर्किए

दैलेख : नेकपा (एकीकृत समाजवादी) पार्टी दैलेखका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमै फर्किएकी छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् । उनीसँगै नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी सदस्य रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका छन् । 

रोहित नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूको जिल्ला अध्यक्ष समेत हुन् । उपसचिव अमृता लामिछानेमगर र सदस्य रोहित लामिछाने मगरले जारी गरेको संयुक्त विज्ञप्तीमा नेकपा विभाजनपछि नेकपा एमालेलाई कमजोर बनाउन प्रचण्ड र माधव नेपाल तल्लो तहसम्म गिरेर एमाले नेतृत्वको सरकार ढाल्ने र परमादेशको काँग्रेस नेतृत्वको सरकार बनाएको आरोप लगाएका छन् ।

एकीकृत समाजवादी पार्टीले कम्युनिष्ट आन्दोलनलाई बदनाम हुने गरी व्यवहारमा दक्षिणपन्थी बाटो अबलम्बन गरेकाले समाजवादी पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख छ । साथै उनीहरुले एकीकृत समाजवादीमा लागेका अन्य नेता, कार्यकर्तालाई पनि एमालेमा फर्किन आह्वान गरेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.