क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्सफर गर्न नमिल्ने

क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्सफर गर्न नमिल्ने

काठमाडौं : प्रयोगकर्ताले क्रेडिट कार्डको दुरुपयोग गरेको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन– २०७८ संशोधन गरी वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरेको हो।

क्रेडिट कार्डमा रकम लोड गरेर बैंक खातामा रकम पठाएर झिक्ने क्रम बढेकाले कडाइ गरिएको राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए।
क्रेडिट कार्डबाट अत्यावश्यक अवस्थामा मात्र स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न पाइन्छ। सामान्यतयाः नगद कारोबार गर्न पाइँदैन। तर कार्डवाहकले शतप्रतिशत नै नगद झिक्ने प्रवृत्ति बढेकाले रोक्न खोजिएको हो।

ग्राहकहरूले कार्डको रकम वालेटमा लोड गर्दै आफ्नै बैंक खातामा पठाउने गरेको पाइएको छ। क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नु पर्नेछ। उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने पनि भनिएको छ।  

पौडेलका अनुसार क्रेडिट कार्ड प्रयोग गरेर सिधै वस्तु खरिद गर्नु पर्ने प्रावधान छ। ‘अब प्रयोगकर्ताले वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनुपर्ने हुन्छ,’ उनले भने, ‘क्रेडिट कार्डको प्रयोग वस्तु तथा सेवा खरिद गर्ने हो। क्रेडिट कार्डबाट १० प्रतिशत नगद निकाल्न पाउने भए पनि कतिपयले बाँकी ९० प्रतिशत वालेटमार्फत खातामै लगेर डेबिट कार्डबाट नगद झिक्ने गलत प्रवृत्ति भेटिएकाले कडाइ गरेको हो।’ 
यससँगै, विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीले वालेटमा रकम लोड गर्दा ग्राहकले प्रयोजन अनिवार्य खुलाउन मिल्ने बटनको व्यवस्था गर्नु पर्नेछ। यद्यपि हाल सञ्चालनमा रहेका ईसेवा, खल्ती, आईएमई पेलगायतका २७ कम्पनीमध्ये केहीले भने वालेटमा प्रयोजन खुलाउन मिल्ने व्यवस्था गर्दै आएका छन्।  

संशोधित व्यवस्थाअनुसार वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनु पर्नेछ। क्रेडिट कार्डले कागजरहित कारोबारलाई प्रमोट गर्नुपर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ।  फागुनसम्ममा क्रेडिट कार्ड प्रयोगकर्ता २ लाख १९ हजार ९ सय ९४ पुगेका छन्। तर १ लाख ९५ हजार ८ सय ७८ ले मात्रै कारोबार गरेको राष्ट्र बैंकले बताएको छ। ती प्रयोकर्ताबाट सो अवधिमा १ अर्ब १४ करोड ८० लाख रुपैयाँबराबर कारोबार भएको छ। 

यसैगरी, वालेटमा खाता खोल्दा ग्राहकले झुटो विवरण राखेको ठहर भएमा कारबाही हुने भएको छ। संशोधित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ व्यवस्थाअनुसार ‘पेस गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुनबमोजिम सहुँला/बुझाउँला’ भन्ने व्यहोराको विद्युतीय रूपमा स्वःघोषणा गर्न लगाउनु पर्नेछ। यसअघि यस्तो कारबाहीको व्यवस्था थिएन। सो व्यवस्थाअनुसार अरूको नागरिकताबाट वालेट बनाउने लगायतका गैर कानुनी काम गरेमा प्रहरीलाई कारबाही गर्न बाटो खुलेको उनले बताए। पौडेलका अनुसार यसले समाज र वालेट प्रयोगकर्तालाई समेत सचेत बनाउन सहयोग पुग्छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.