गल्याङ्का १ सय ११ कुकुरको बन्ध्याकरण
स्याङ्जा : गल्याङ नगरपालिकाका १ सय ४३ वटा कुकुरलाई रेबिजविरुद्धको खोप र १ सय ११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। कुकुरको टोकाइबाट हुने रेविज रोगबाट बच्नका लागि खोप र अनावश्यक कुकुरका संख्या नबढाउन बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ। घरपालुवा तथा घरभन्दा बाहिर रहेका कुकुरलाई बन्ध्याकरणसहित रेविजविरुद्धको खोप दिइएको हो।
भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापनमा बिहीबार शिविर संचालनगरी खोपसहित बन्ध्याकरण सेवा उपलब्ध गराइएको पशु चिकित्सक डा.टंक प्रसाईले जानकारी दिए।
शिविरमा ३ जना विशेषज्ञसहितको सर्जन टोलीले बन्ध्याकरणसहित खोप सेवा उपलब्ध गराएको गल्याङ नगर पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले बताए। उनका अनुसार, ‘गल्याङमा यसअघि रेविज खोप सेवा उपलब्ध गराएता पनि बन्ध्याकरण शिविर भने पहिलोपटक हो।’
प्रतिक्रिया दिनुहोस !