समाजवादीका सचिव रावतमाथि चक्कु प्रहार गर्ने दुई जना पक्राउ

समाजवादीका सचिव रावतमाथि चक्कु प्रहार गर्ने दुई जना पक्राउ

बाजुरा : नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतलाई चक्कु प्रहार गर्ने कांग्रेसका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुढिनन्दा नगरपालिका-९ पाण्डुसैनमा शुक्रबार दिउसो कांग्रेस कार्यकर्ताद्धारा एकीकृत्त समाजवादीका बाजुरा जिल्ला सचिव रावत र सोही नागरपालिका वडा नम्बर ९ का समाजवादीकातर्फबाट वडाध्यक्षका उम्मेदवार खड्क बोहोरा माथि चक्कु प्रहार भएको थियो।

प्रक्राउ पर्ने कांग्रेस कार्यकर्ता वडा नम्बर ७ घर भएका केशब कार्की र वडा नम्बर ९ का नरेन्द्र सार्कीलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन्। घाइते रावत र बोहोराको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। रावतको पाखुरा र हातमा चक्कु प्रहार भएको छ भने बोहोराको टाउको चोट लागेको छ।

सचिव रावतले ‘योजनावद्ध आफूमाथि प्रहार भएको र आफूलाई मार्ने योजना नै रहेको’बताए। प्रहरी चौकीमा आफू भएपनि कांग्रेस कार्यकर्ताले प्रहरी चौकी माथिनै आक्रमण गरेको बताए।

पाण्डुसेन दिनभर तानवग्रस्त बनेको थियो। प्रहरीस्थिति नियन्त्रणमा लिनका लागि १६ राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तूभुज ओझाले बताए।

पक्राउ परेका माथि छानबिन गर्ने प्रहरीले जनाएको छ। दिउँसो नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यक्रताबीच दोहोरो झडप भएको हो। सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए। 

सामाजवादीका कार्यकर्ता चौकी भित्र रहेको भन्दै कांग्रेस कार्यकर्ताले प्रहरी चौकी माथि नै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन्। झडपमा १६ जना प्रहरीसहित समाजवादीका जिल्ला सचिव पुरबहादुर रावत, खडक बोहोरा, घाइते भएका छन्।

कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी चौकीमै पुगेर कांग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.