संयुक्त सरकार अझै केही वर्ष चल्छ : प्रचण्ड

संयुक्त सरकार अझै केही वर्ष चल्छ : प्रचण्ड

दाङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त गठबन्धनलाई विजयी बनाउन आग्रह गरेका छन्। दाङको तुलसीपुरमा आयोजित संयुक्त चुनावी सभामा प्रचण्डले लोकतान्त्रिक प्रगतिशील र अग्रगामी गठबन्धनलाई विजयी बनाउन आग्रह गरेका हुन्।

उनले भने, ‘संविधान विरोधी सल्बलाएको बेला लोकतान्त्रिक बाम एकतामार्फत् एक भएर संविधान बनायौं। सहमति र सहकार्य गर्न गिरिजाप्रसाद कोइरालाले सिकाउनुभएको हो। त्यहीअनुसार अहिले एकता तालमेल भएको छ। सबैलाई एकताबद्ध गरेर समाजबाद उन्मुख राज्य स्थापना गर्नुपर्छ।’

संविधान कार्यान्वयन र जनताको आवश्यकता अनुसार विकास गर्न गठबन्धनलाई विजयी बनाउनुपर्ने प्रचण्डको भनाइ छ। प्रचण्डले भने, ‘जनताको सार्वभौमसत्ता विघटन गर्ने काम भयो। त्यो संरक्षण गर्न गठबन्धन भयो। संविधान च्यात्ने तत्वको र लोकतान्त्रिक प्रगतिशीलको फरक गठबन्धन बनेको छ।’ उनले संयुक्त सरकार अझै केही वर्ष चल्ने बताए।

उनले भने, ‘स्थानीय तहमा गठबन्धन गर्न धेरै गाह्रो छ। तर, जनताको आवश्यकता, केन्द्रको आवश्यकताले गठबन्धन बनेको हो। दिगो शान्तिका लागि पनि गठबन्धन चाहिन्छ।’

गणतन्त्र विरोधी प्रतिगमनको विरोधमा गठबन्धन बनेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.