देउवाले भने : गठबन्धन वर्षौ टिकाउ, विजयीको झण्डा तुलसीपुरबाट फहराउ
दाङ : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
तुलसीपुरमा आयोजित संयुक्त चुनावी सभामा बोल्दै देउवाले यो गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका हुन्। उनले भने, ‘केपी शर्मा ओली अदालत र जनताको कुरा नमान्ने व्यक्ति हुन्। प्रजातन्त्रवादी होइनन्। उनले अदालतको भनाइ पनि टेर्दैनथे।’
ओली प्रवृत्तिलाई निरुत्साहित गर्न गठबन्धन बर्षौ टिकाउन जरुरी रहेको उनको भनाइ थियो। देउवाले भने, ‘विजयीको झण्डा तुलसीपुरबाट फहराउ। गठबन्धनले कांग्रेसलाई फाइदा र आवश्यकता छ।’
प्रतिक्रिया दिनुहोस !