भीरकोटका उपप्रमुख, अध्यक्षका उम्मेदवार र बहालवाला अध्यक्ष नगदसहित पक्राउ

भीरकोटका उपप्रमुख, अध्यक्षका उम्मेदवार र बहालवाला अध्यक्ष नगदसहित पक्राउ

स्याङ्जा : आचार संहिता विपरित पैसा बाढ्दै गर्दा भीरकोट नगरपालिकाका उपप्रमुख, वडाअध्यक्ष पदका उम्मेदवार र बहालवाला अध्यक्ष वडा नं. ४ छाङ्छाङ्दीबाट बिहीबार राती पक्राउ परेका छन्।

भीरकोट नगरपालिकामा नेकपा एमालेका उम्मेदवार सरस्वती अधिकारी र वडाअध्यक्ष मेघनारायण ढुंगाना र बहालवाला अध्यक्ष चन्द्रबहादुर बस्नेत पैसा बाढ्दै गरेको अवस्थामा समातिएका कांग्रेसका नगरसभापति लक्ष्मण अधिकारीले जानकारी दिए। 
उपप्रमुखका उम्मेदवार अधिकारी, अध्यक्ष उम्मेदवार मेघनारायण ढुंगाना तथा बहालावाला अध्यक्ष चन्द्रबहादुर बस्नेतलाई प्रहरीले पैसासँगै समातेको हो ।

रातको समयमा पैसामा बाढ्दै मत खरिद गर्न आएको भन्दै सोही वडाबासीले प्रहरीमा खबर गरेको बताइएको छ। उनीहरुका साथबाट ७३ हजार नगद र बिभिन्न बैंकका ७ वटा चेक बुकसमेत बरामद भएको प्रहरीले जनाएको छ। कति रकम र चेक बाढियो भन्ने नखुलेको र सो बारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। 

शुक्रबार स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भैसकेको छ। भीरकोट नगरपालिका नेपाली कांग्रेसको बलियो पकड क्षेत्र हो। पकड क्षेत्रलाई प्रभावित बनाउन नेकपा एमालेले मत खरिदका लागि पैसाको चलखेल गर्दे आएको कांग्रेस सभापति अधिकारीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.