मतदानपछि देउवाले भने : निर्वाचन हुँदैन भन्नेहरु गलत सावित भए, ओलीजी पनि मतदान गर्दै हुनुहुन्छ होला

मतदानपछि देउवाले भने : निर्वाचन हुँदैन भन्नेहरु गलत सावित भए, ओलीजी पनि मतदान गर्दै हुनुहुन्छ होला

डडेलधुरा : नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले मतदान गरेका छन्। देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानपछि  सञ्‍चारकर्मीसँग कुरा गर्दै देउवाले निर्वाचन हुँदैन भन्नेहरु गलत सावित भएको प्रतिक्रिया दिए। 

उनले भने, 'निर्वाचन हुँदैन भन्नेहरु गलत सावित भए, ओलीजी पनि मतदान गर्दै हुनुहुन्छ होला।'   देउवाले हर्षोल्लाका साथ मतदान गर्न मतदातालाई आग्रह गरे। डडेलधुरामा शान्तिपूर्ण ढंगले चुनाव भइरहेको जनाइएको छ।

मतदान गर्न देउवा करिब १ हप्तादेखि गृहजिल्ला डडेलधुरामा छन्। देउवा आजै काठमाडौं फर्किने कार्यतालिका छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.