मतपेटिका साँटेको आरोपमा मतपेटिका ढुवानी अवरुद्ध
गोरखा : रञ्चोक मतदानकेन्द्रको मतपेटिका बोकेर गइरहेको गाडी कांग्रेस कार्यकर्ताले हुँडीखोलामा अवरुद्ध गरेका छन्। मतपेटिका बोकेको गाडीबाट कांग्रेसको एजेण्ट झारेर सो गाडीमा अर्को मतपेटिका हालेपछि साँटिएको आशंका भएको कांग्रेस कार्यकर्ता लक्ष्मण न्यौपानेले बताए।
‘कांग्रेसको एजेण्ट गाडीबाट किन झारियो, बीच बाटोमा पुगेपछि सो गाडीको मटपेटिका झारेर अर्को मतपेटिका सो गाडीमा किन हालियो ? त्यसैले हामीलाई शंका छ। कुरा स्पष्ट हुनुपर्छ’, उनले भने, ‘सतप्रतिशत मतपेटिका साँटिएको छ। होइन भनेर हामीलाई विश्वस्त नपारेसम्म हामी गाडी अगाडि बढ्न दिँदैनौँ।’
प्रतिक्रिया दिनुहोस !